• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिनको अबसरमा  वृद्दाश्रमलाई खाद्यान्न सहयोग




घोराही, २४ पुस। युवा प्रतीक जिसीले जन्मदिनको अबसरमा वृद्दाश्रममा खाद्यान्न सामग्री सहयोग गरेका छन् । घोराहीको मिलन चोकमा बस्ने जिसीले आफ्नो २४ औं जन्मोत्सवमा घोराही उपमहानगरपालिका १६ तेरौटेमा रहेको वृद्दाश्रममा शनिबार सो सामग्री सहयोग गरेका हुन् ।

जन्मदिनको अबसरमा एक बोरा चामल , दाल, तेल, नून, भेली, मिक्स दाल, मसला लगायत खाद्यान्न सामग्री जिसीले वृद्दाश्रमलाई हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण गर्दै प्रतीक जिसीले आफ्नो तर्फबाट सकेजती सहयोग गर्ने उद्देश्यका साथ विशेष दिनमा अरु फजुल खर्च गर्नु भन्दापनि खान नपाएका तथा दु:ख पाएका मानिसहरूलाई सहयोग गरेको बताए । पानीको थोपा-थोपा मिलेर नै समुन्द्र बन्ने भएकाले हामीहरूले पनि स- साना सहयोग गर्नमा कन्जुस्याइँ नगर्नु पर्ने उनको भनाइ थियो ।

Facebook Comments