• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दर्शन कल्याण समाज तथा वातावरणको ७ औं अधिवेशन सम्पन्न, अध्यक्षमा रबिन्द्र 




दाङ, २४ पुस । दर्शन कल्याण समाज तथा वातावरण विकास समितिको ७ औं  जिल्ला अधिबेशन दाङको घोराहीमा सम्पन्न भयको छ ।

अधिबेशनले रबिन्द्र शाहीको अध्यक्षमा नयाँ कार्यसमिति  चयन गरेको छ । जसको  उपाध्यक्षमा  ओम बहादुर चन्द,योगमाया शाही, रेशम मल्ल,महासचिव बालकृष्ण शाह, सचिब राम बहादुर शाही,सोबिन्द्र चन्द,कोषाध्यक्ष मोहानबहादुर हमाल सदस्यहरु योगेन्द्र बहादुर शाह,डिल्ली बहादुर शाही,सन्दीप शाह,चन्द्र बहादुर सिंह ,ललित जंग शाह,रोशन जंग शाह,नयन कुमारी शाही,रेशम बहादुर शाही,माधब जंग शाही चयन भएका छन् ।

संस्थाका जिल्ला अध्यक्ष  प्रेम शाहको अध्यक्षता एवं ,ठकुरी समाज महासंघ नेपालका केन्द्रीय  सल्लाहकार टोपबहादुर शाहको प्रमुख आतिथ्यताम सम्पन्न भएको कार्यक्रम ठकुरी समाज महासंघ नेपालका सल्लाहकार  सुरेन्द्र जंग शाह, ठकुरी समाज महासंघ नेपालका केन्द्रीय सदस्य  बलदेव मल्ल, ब्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष जयानन्द शर्मा,नेवार समाज दाङका अध्यक्ष  नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य मन्तव्य राखेका थिए ।

कार्यक्रममा ठकुरी समुदायको जेष्ठ सदस्य घोराही-१८ मसिना निवासी ९५ बर्षिय  मेहरबहादुर मल्ललाई सम्मान गरियो ।

त्यसैगरी समाजका जिल्ला सदस्य ललित जंग शाहले स्व.जनक देबि शाहको स्मृतिमा संचालन गरिएको अक्षकोषबाट प्राप्त ब्याज दुबै मिर्गौला पीडित घोराही-१६ रावतगाउँ निवासी ५० बर्षिय गेहेन्द्र शाहीलाई दस हजार पाँच रुपैया सहयोग गरिएको हो ।

जय पृथ्वी बहादुर शाह श्रीदर्शन कल्याण समाज तथा बाताबरण बिकाश समिति दाङका बरिष्ठ उपाध्यक्ष शिबध्वज मल्लको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको सहजीकरण समाजका सचिब ध्रुब ठकुरीले गरेका थिए ।

 

Facebook Comments