• ५ जेष्ठ २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकामा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न




होलेरी, २३ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका बीच सरुवा भयर आउने नयाँ कर्मचारी हरुलाई स्वागत तथा सरुवा भयर जाने कर्मचारी हरुलाई बिदाई गरिएको छ।


सरुवा भयर आउने तथा नव नियुक्त कर्मचारीहरु प्रशासन प्रमुख सानुबाबु खड्का र इन्जिनियर लोकेन्द्र ओली यसैगरी बिदाई भएर जाने कर्मचारीहरुमा सब इन्जिनियर बिजयदेब चौधरी रहनुभयको छ।

रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराईको सभाध्यक्षमा एवं गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष छ्माया पुन, आलेप दिपक पराजुली ,सूचना अधिकृत विशाल बोहोरा,पन्जिकरण शाखा प्रमुख धुर्बप्रकाश मल्ल,लागयतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बिदाई भएर जाने सब इन्जिनियर चौधरीले रुन्टीगढी गाउँपालिकामा धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै यस पालिकाले दियको माया र सद्भाव कहिले नभुल्ने बताउनु भएको थियो ।

यस्तै कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष बुढाले गाउँपालिकामा आउने नयाँ कर्मचारीहरुलाइ स्वागत गर्दै बिदाई भएर जाने कर्मचारीको आगामी कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गर्नुभयको थियो।

कार्यक्रम को सहजीकरण योजना शाखाका प्रमुख रुपेश अधिकाीले गर्नु भएको थियो।

Facebook Comments