दाङ । नेपाल कयुनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य भिमबहादुर बुढाले पार्टीमा नबस्ने घोषणा गर्नु भएको छ । पार्टीको १३ जिल्ला अधिबेशनको दिन बुढाले पदमा नरहने घोषणा गर्नु भएको हो ।
जिल्ला सदस्य बुढाले आज एक विज्ञप्ती जारी गर्दै नेकपा एमाले दक्षिणपन्थी र अबसरवादी पार्टी भएको बताउँदै आफू एमालेमा नबस्ने घोषणा गर्नु भएको थियो । यो पार्टीमा पुराना नेता तथा कार्यकर्ताको भन्दा पनि अलमझलम गर्ने नेताहरुको चाकडी गर्नेहरुको मात्र संरक्षण हुने भएकाले आफू एमालेमा नरहने घोषणा गर्नु भएको हो । बुढाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा नेकपा एमाले खराव प्रबृतिका बिरुद्ध लड्नु भन्दा त्यसलाई प्रसय दिनेका काम गर्दै आएको उल्लेख छ । नारायणहिटी ,ललिता निवास जग्गा प्रकरण तथा स्थानिय रुपमा घोराही उपमहानगरपालिकाले बिग्रेका सवारी साधनमा ईन्धन हाल्ने र वडा नं। १४ मा भएको कल्पु धर्मशाला कुनै जात विशेषका समुदायलाई मात्र दिएको देख्दा यो कार्य कम्युनिष्ट आँचरण विपरित भएको हुदा पुराना र ईमान्दार कार्यकर्ता यो पार्टीमा बस्नु उचित नदेखिएको बताउँनु भएको छ । एमालेले आफ्नो बर्गीय धरातल बिर्सेका कारण निरन्तर नागरिक बनेर बस्ने निर्णय गरेको छु विज्ञप्तीमा भनिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
