दाङ, २३ पुस । नेपाल राष्ट्रिय कर्मचारी महासंघ तुलसीपुर नगरको अध्यक्षमा विवेक विएमलाई चयन गरिएको छ ।
शुक्रबार तुलसीपुरमा भएको सम्मेलनले विएमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा तिला रोका र मित्रलाल विक, सचिबमा सुजन केसी, सहसचिबमा सालिकराम मुसाफिर तथा कोषाध्यक्षमा गोमा पौडेललाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा रेशम वली, भरतकुमार बुढा, राम प्रसाद शर्मा, धनमया धिताल, विष्णु पन्थी, दर्शन गौतम, थानबहादुर केसी लाई चयन गरिएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
