• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीमा वडास्तरीय खेलकुद प्रतियोगिता शुरु




सुन्दरपुर,२३ पुस । राप्ती गाउँपालिकाको वडा नं ४ मा खेलकुद प्रतियोगिता सूरु भएको छ ।
वडा नं ४ को वार्षिक कार्यक्रम अन्तरगत सबै गाउँका युवालाई समेटेर फुटवल, भलिवल र क्रिकेट खेलकुद प्रतियोगिता सूरु भएको हो ।
वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्रिको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको विशिष्ट आथित्यतामा सुरु भएको खेलकुद प्रतियोगिता ४ दिन सम्म चल्ने छ ।
वडा सचिव भगवति सुवेदिले सहजिकरण गर्नु भएको उद्घाटन कार्यक्रममा प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, शिक्षा शाखा अधिकृत बासुदेव खनाल, सुचना प्रविधि अधिकृत बालचन्द्र गुरुङ, प्राविधिक मान बहादुर जीसी लगायतले खेलाडिलाइृ अनुशासनमा रहेर खेल खेल्न र उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना ब्यक्त गर्नु भएको छ ।
आठ टिम बीच फुटवल र भलिवल प्रतिस्पर्धा हुने र ५ टिम विच क्रिकेट प्रतिस्पर्धा हुने छ । विजयी टिमलाई नगद, शिल्ड र प्रमाणपत्रको ब्यवस्था गरिएको छ ।

Facebook Comments