होलेरी, २२ पुस । नेकपा (एमाले) रोल्पाका सचिव निमप्रसाद रोकाको हृदयाघातका कारण मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको हो। अधिवेशनको पूर्वतयारीमा जुटेर घर फर्किएका उनले आफूलाई एक्कासी अप्ठ्यारो भएको बताएका थिए।
सचिव रोका साथीसँगै घरमा पुगेको पारिवारिक स्रोतले जनाएको छ। उपचारका लागि नुवागाउँ स्वास्थ्य चौकी लिँदै गर्दा बाटोमै मृत्युु गएको एमाले रोल्पाले जनाएको छ।
उनको शव नुवागाउँ स्वास्थ्य चौकीमा राखिएको छ। परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने बताइएको छ।
रोकाको निधनप्रति एमाले रोल्पाले गहिरो दुःख व्यक्त गरेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
