नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यातालिक सार्वजनिक भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
समितिले मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । शनिबार अपराह्न ४ बजेसम्म मतदाता उपर दाबी विरोधको सयम, मतदाता नामावलीमा दाबी विरोधको सूचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी विरोधमाथि अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक हुनेछ ।
यसैगरी, उम्मेदवार मनोनयनको प्रक्रिया शनिबार साँझ ८ बजेदेखि सुरु हुने समितिले जनाएको छ । साथै राति साढे १० बजे उम्मेदवार मनोनयन पछिको सूची सार्वजनिक गरिने छ ।
त्यस्तै आइतबार बिहान ८ बजेदेखि साढे ८ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ भने ८ः३५ मा उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना समितिले दिने छ ।
यसैगरी, उजुरी उपर छानबिन ८ः४० देखि ९ बजेसम्म, ९ः१० बजे उम्मेदवारकाे नामावली सार्वजनिक, ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय, ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ । त्यसपछि साढे ११ देखि ४ बजेसम्म मतदान हुने समितिले जनाएकाे छ ।
माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।
यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ । सहमति नभएमा मतदानमा जाने अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा बताइसकेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
