• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
युवा संगठनको अभियान तीब्र, घोराही-७ सौडियार जन भेटघाट तथा छलफल




घोराही, १७ पुस । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले जनमतसंग्रहको लागि संगठन सुदृढ तथा विस्तार अभियानलाई तीब्रता दिएको छ । संगठनले अभियान विस्तारकै क्रममा घोराही उपमहानगरपालिका- ७ सौडियारमा आज व्यापक जन भेटघाट तथा छलफल गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका संगठन नेपाल दाङ जिल्ला सचिवालय सदस्य तथा घोराही उपमहानगर अध्यक्ष पदम चन्दले अभियानको बारेमा बृफिङ गर्दै जनमतसंग्रह भनेको के हो ? यो किन आबश्यक छ? जनमतसंग्रह भए के हुन्छ? भन्ने बारेमा प्रष्ट पारे । उनले वैज्ञानिक समाजवादको विषेशताहरु प्रष्टाउदै वैज्ञानिक समाजवाद आयो वा स्थापना भयो भने देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक संस्कार , साँस्कृतिक , अर्थ ब्यबस्था लगायतका आधारभूतका कुराहरु पूरा हुने बताए ।

कार्यक्रममा सहिद परिवार, महिला,थारु, किसान तथा खोप लगाउन आएका जनताहरुसंग गरिएको छलफलमा जनप्रतिनिधिहरुले स्थानीय चुनावमा जनता गरेका बाचा अहिलेसम्म पूरा नगरेको जानकारी प्राप्त भएको छ ।
छलफल तथा भेटघाट कार्यक्रमबाटै उत्पीडित वर्गहरु राहत दिने घोषणा पनि गरिएको संगठनले जनाएको हो ।
पार्टीका घोराही उपमहानगर ५ का सेक्रेटरी विष्णु चौधरी अध्यक्षता एवं युवा संगठन नेपाल दाङ जिल्ला सचिवालय सदस्य तथा घोराही उपमहानगर अध्यक्ष क. पदम चन्दको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा थारू राष्ट्रिय मुक्ति मोर्चाको घोराही उपमहानगर सचिव किरण चौधरीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण घोराही उपमहानगर १५ का वडा संयोजक क. समीर डांगीले गरेका थिए ।

Facebook Comments