• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
आग्रे द आइरन डिगर फिल्मको पोष्टर सार्वजनिक




जुनिसकुमार बिष्ट

रोल्पा,१७ पुस । आग्रे द आइरन डिगर फिल्मको पहिलो पोस्टर आज सार्वजनिक भएको छ।

जेलबाङ सेवा समाजको आर्थिक लगानीमा पुर्वी रोल्पाको सुनछ्हरी गाउँपालिका ७ नम्बर वडा जेलबाङको फलामखानी माथिको कथावस्तुमा आधारित फिल्मको पहिलो पोस्टर अङ्ग्रेजी नयाँ वर्ष २०२२ को सुखद उपलक्ष्यमा सार्वजनिक गरिएको हो।

जेलबाङका पुर्खाहरुले जीविकोपार्जनको लागि घरेलु प्रविधिबाट फलाम प्रशोधन गरेर बस्तुविनियमको माध्यमबाट जिविका चलाउदै गरेको कथावस्तुमा आधारित फिल्मको स्तोरी युवा प्रतिभासाली कवि बिष्णु पुन सन्यासको रहेको छ भने डाइरेक्सन आदिवासी फिल्म “लोम्बा” मार्फत अन्तर्राष्ट्रिय नेपाली फिल्म फेस्तिबल अमेरिकाबाट ३ उत्कृष्ट पुरस्कार समेत हात पार्न सफल भएका अनिल बुढामगरको रहेको छ।

करिब १ घण्टाको फिल्म आज २०२२ देखि अन्तर्राष्ट्रिय फिल्म फेस्तिबलहरुको लागि आफ्नो यात्रा तय गरेको छ भने नेपालमा यो फिल्म हेर्नको लागि अझै एक वर्ष कुर्नुपर्ने छ।

Facebook Comments