घोराही, १५ पुस । घोराही उपमहानगरपालिकाले १८ बर्ष माथि उमेर समुुुहका नागरिकहरुलाई आजदेखि दोस्रो र पहिलो डोजको कोरोना बिरुद्धको भेरोसेल खोप लगाउने भएको छ । नगरस्तरीय स्वास्थ्य समितिको बुधबार बसेको बैठकले यस अघि खोप लगाएका १८ बर्ष माथीकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरेको हो ।

उपमहानरपालिकाको १९ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरुमा खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी जानकारी दिए । जसका लागि ३८ हजार ५ सय ९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको छ । खोप आजदेखि १९ गतेसम्म उपमहानगरपालिकाको १९ वटै वडाका सम्बन्धित स्वास्थ्य केन्द्रहरुमा लगाइने भएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
