घोराही, ७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ। दाङको घोराही उपमहानगरपालिका–७ सौडियार निवासी ३३ बर्षीया महिलाको प्रतिष्ठानमा सफल शल्यक्रिया गरिएको हो।
रुखबाट लडेर घाइते भएकी महिला १० दिन अगाडि प्रतिष्ठानको इमरजेन्सी विभागमा आएकी थिइन्। सो क्रममा एक्सरे लगायतको परीक्षण गर्दा उनको मेरुदण्डको हड्डी भाँचिएको पत्ता लगाको थियो।
प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थी नेतृत्वको चिकित्सक, स्वास्थ्यकर्मी र नर्ससहितको टोलीले सफल शल्यक्रिया गरेको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
