• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्टेशनरी ब्यवसायीको संघ लुम्बिनी प्रदेशको अध्यक्षमा: रावल




घोराही । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीको संघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधरण सभा तथा दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ । शनिबार नेपालगन्जमा रहेको सिद्धार्थ कटेजमा एक कार्यक्रमकाबीच सो अधिवेशन सम्पन्न भएको हो ।


अधिवेशनले भैरव रावलको अध्यक्षतामा २५ सदस्यीय समिति निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा विश्व खनाल ,सचिवमा केशव श्रीस,कोषाध्यक्ष रामु अधिकारीलगायत निर्बाचित भएको संघका निवर्तमान प्रदेश सदस्य लक्षिराम थापाले जानकारी दिएका हुन् ।

वसन्त लामिछानेको अध्यक्षता एवं प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १०८ प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
उपाध्यक्ष विश्व खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिब द्रोण भुषालले गरेका थिए ।

Facebook Comments