• २८ बैशाख २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विप्लव नेकपा सल्यानद्वारा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम




सल्यान । विप्लव नेकपा सल्यानद्वारा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानको १ महिने एकीकृत जनभेटघाट अभियान अन्तर्गत आज( शनिबार) बनगाड कुपिण्डे नगरपालिका १ सल्लिबजारमा अभियान टिम र ट्राफिक प्रहरी र इलाका प्रहरीको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

दुर्घटना न्यूनीकरणको कार्यक्रम अध्यक्षता तथा बनगाड कुमाख कमान इन्चार्ज गणेश क्षेत्रीले दुर्घटना न्यूनीकरणको लागि सबै पक्ष एकजुट भएर रोकथामका लागि पहल गर्नु पर्ने र मुख्य दायित्व र जिम्मेवार सकार सत्ता र सम्बन्धित  निकाएको नै भएको बताए । नेपालको सन्दर्भमा बढि दुर्घटना सडकको स्तर उन्नति हुन नसक्नु यात्रु जेब्रा क्रसिङ सबै बजार क्षेत्रमा नहुनु तथा लापरबाही छाडा पशु चौपायाको ब्यबस्थी हुन नसक्नु भएको पनि उनलेे प्रष्ट पारे । इन्जिनियर र कम्पनीको पनि गुणस्तरतामा समस्या पुरानो भन्दा पुराना सवारी साधनको बढी प्रयोग गर्नु निजि सम्पतिको बढि प्रलोभनका कारण क्षमता भन्दा बढी यात्रु राख्नु एकाधिकार सिन्डिकेट हुनु, लागू औषध लागू पर्दाथ सेबन गरि चलाउदा दुर्घटना झनभन्दा झन बढेको र यस्को मुख्य जिम्मेवार यो दलाल ससदिय ब्यबस्था नै भएको आफ्नो धारणा  राखे ।
आफ्नो पार्टीले अगाडि सारेको जनमत सङग्रको चुनावबाट बैज्ञानिक समाजवादको संघर्षमा सबै राट्र सेवक कर्मचारी बुद्धिजिबिहरुको साथ समर्थनको अपिल गर्दै यो दलाल ब्यबस्था ठिक कि बैज्ञानिक समाजवाद अब सबैले फैसला गर्नुपर्ने अनिवार्य परिस्थिति बनेको उनले बताए ।
यसैगरी कार्यक्रम विभिन्न उपस्थित अतिथिहरु बनगाड न पा वडान १ अध्यक्ष शान्त कुमार यरी समाजसेबी शिव ओली प्रहरी सहिसाप शसिराम वली ट्राफिक हवल्दार तप्त बहादुर थापा र नेकपा जिल्ला सदस्य भिम रावतले आ-आफ्नो मनतव्य राख्दै दुर्घटना न्यूनीकरणमा सबै एकजुट भएर सचेतना फैलाउनने र रोकथाममा लाग्नु पर्ने बताए ।
कार्यक्रममा अन्य बजार समिति अटोचाल ट्रक चालक बस चालक र अन्य स्थायनीय यात्रुहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रमको सन्चालन जिल्ला कमिटी सदस्य एकेन्द्र शाहले गरेका थिए ।

Facebook Comments