• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्यूठानमा टिप्परको ठक्करबाट अटोका यात्रुको मृत्यु




टिपरको ठक्करबाट प्युठानमा सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान नगरपालिका – ३ घुर्चनेका ३५ बर्षिया अमृत थापा र उहाका ४ बर्षीया छोरा सुसान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा. १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका-५ स्थित चकचके – चेरनेटा सडकखण्डमा ठक्करदिँदा उनिहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारी तर्फ जाँदै थिए।

दुर्घटनामा अटोमा सवार अन्य चार जना घाईते छन।घाइतेहरुमा प्युठान नगरपालिका-३ बस्ने बर्ष ८ कि दुर्गा थापा, ३० बर्षिया पुनम थापा , १६ बर्षिया विपना थापा र १० बर्षिया शुष्मा थापा रहेका छन । उनिहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ।दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments