गोविन्द खड्का
‘कि न्याय दिनुस कि राप्तीमा गएर हामफालि मर्छु’ मलाई फोनमा एक महिलाले भन्नुभयो, ‘म बाच्दा सम्म न लेख्ने भए मरेपछि त लेख्नुहोला नि ?’ विहान आठ बजेतिर भन्नुभएको थियो । त्यस दिन देखि यी अक्षर लेख्दा सम्म मलाई असहज लागि रहेको छ । मनमा अनेक तर्क खेलेका छन् ।
त्यस लगतै मैले दुईवटा स्टाटस हालेँ, उहाँलाई न्याए दिनका लागि सामाजीक सञ्जालबाट सुझाव चाहान्थेँ । ‘महिलालाई भ्रममा पारी विहेको नाटक रची, श्रीमान् त्याग्न लगाइ पैसा थुतेर घर न घाटको बनाउने परपुरुषलाइ के कार्वाही हुदोरहेछ केहि दिन हेरौ होइ त हजुर ल’ पहिलो स्टाटस हालेको थिएँ । त्यसमा महिला पुरुषकै गल्ती हो भन्नेको संख्या बढि देखियो । अहिले पनि त्यहाँ भएका विभिन्न व्यक्तिका प्रतिकृयाहरु पढ्न सकिन्छ । कोहि पनि टिठाएको छैन ।
अको स्टाटस पनि थपेँ । ‘विहे गर्छु भनेर छोडपत्र गराउने अनि पैसा खाएर आफु जेठितिर फर्किने उसलाइ अलपत्र पार्ने अन्याय त नगर न बड्डा हो ।’ त्यसमा पनि ति महिलालाई अन्याए परेको ठहराउने व्यहोराको प्रतिकृया आएको छैन । आफ्नो घर विगार्ने अर्काको भाँड्ने अर्थ लगाइएको छ । त्यसमा पनि अधिकांश प्रतिकृयाले महिला पुरुष दुवैजनाको कमजोरी ठहर गर्छ ।
नयाँ नम्बरबाट फोन आयो । हजुर पत्रकार हो भन्नुभयो । अँ हो भनेँ । तपाईको नम्बर मागेई हुँ । म अन्याएमा परेकी छु । न्याए दिलाईदिनु प¥यो । म हजुरलाई भेटेर सबै कुरा सुनाउँछु भन्नुभयो । मैले हुन्छ भने । उसको पर्दाफास गर्ने हो । सब देखाइदिने हो । केहि लुकान्न भन्दै रुन थाल्नुभयो । अनि म क्यामेरा सहितका साथीहरु पठाइदिन्छु उहाँलाई सुनाउनुहोला भनेर जवाफ दिए ।
त्यसको केहि दिन पछि सम्म पनि फोनमै कुरा भयो । मैले उहाँलाई भेट्ने फुर्सद निकाल्न सकिन । त्यति धेरै महत्व दिन नचाहेरै उहाँको कोठामा गईन । अन्तमा कि लेख्ने कि डुबेर मर्छु भन्न थाल्नुभयो । उहाँको रुवाईले मलाई भावनामा छोयो । त्यसैदिन दिउँसो कोठामा पुगेँ । आमा छोरी बस्नुभएको थियो । चिया पकाउनु भयो । चिया विस्कुट खाँदै कुरा कानी ग¥यौँ ।
म पुगेपछि लगतै उहाँले भगवान पुकार्नुभयो । हजुर सित फोन नगरेको भए सायद म मरि सक्थेँ भन्नुहुन्थ्यो । बेडको पुर्वतर्फ खोपामा भगवानका मुर्ति राख्नुभएको थियो । त्यता हेर्दै र हात जोड्दै गर्नुभयो । लमहि घर भई घोराही १५ भरतपुर बस्ने उहाँ म सित बोल्दा बोल्दै पटक पटक झस्किनुहुन्थ्यो । आङमा देउता चढेको भन्दै भ्रङग गर्ने र थर्थराउने स्वभाव देखाउनुभयो ।
उहाँको एक पुरुष संग गरीएको चारलाखको तमसुक कागज देखाउनुभयो । तिर्ने कवोल मिति २०७७ पुस २२ गते २० हजार, माघ १५ गते एक लाख ० हजार र बाँकि दुईलाख २०७ भदौ ३० गते भित्र थैली रकम तिर्ने उल्लेख छ । त्यसमा २०७७ पुस २१ गते गरिएको कागज अनुसार अहिले सम्म पैसा दिइसक्नु पर्ने हो । उहाँका अनुसार तमसुक अनुसारको रकम पाउनुभएको छैन । अहिले त्यो प्राप्तीको लडाईमा जसरी पनि न्याए पाउनुपर्ने भन्नुभयो ।
आफ्नो जिवन कहानी सुनाउनुभयो । उहाँका अनुसार लमही नपाकै राम्रै परिवामा विवाह भई बच्चा थिए । उनि भारतमा कमाउन जाने आउने गर्थे । यता विमा बनाउने र सामाजिक काममा सकृय हुने गर्दथिन् । त्यसैक्रममा विमाकै कर्मचारी संंग चिनजान हुँदै हिमचिम बढ्यो ।
बस उठ् छुटाउन सकेनन् । संगै हिडे बसेको देखेका गाउँलले श्रीमान्लाई सुनाइदिए । त्यसकै आधारमा झगडा भयोे । चर्किएपछि प्रहरीमा उजुरवाजुर भयो । यता पछिल्ला पुरुषले घरमा श्रीमति संग सम्वन्ध नरहेको र आफुलाई गतिली श्रीमति चाएिको भनेर फकाए । घरको भन्दा राम्रो देखेकि उनले विश्वास गरिन् । अदालत पुगेर श्रीमान् संग सम्वन्ध विच्छेद गरीन् नयाँ संग बसिन् ।
छोडपत्रले एकसरीएर पनि पुरुषले तत्कालै घरमा लैजान मानेनन् । दुइ महिना जति गढवामा कोठालिएर बसे । गहना वेचेरै खर्चगरेको सुनाईन । यहाँ पनि सुरक्षा नहुन सक्छ भनेर उनिहरु घोराही सरे । होटल गर्न थाले । त्यतिवेला पनि बाँकि रहेको गहना बेचेर सामान जुटाएको उनले सुनाइन् । त्यसपछि भने ति पुरुषका छोरा र श्रीमतिको फोन झन् बढि आयो । त्यसपछि सिम फालीन्, होटल बेचिन् र एउटा कोठामा भाडामा बस्न शुरु गरीन् ।
देखिएको वास्तवीकता महिलाको घर गुमेको छ । सम्भवतः पुरुषको घरमा पनि विश्वास टुटेको हुनुपर्छ । परिवार जोगियो प्रगाढ माया रहेन । कतै गएको फर्केन भने उतै अर्कि सित बस्यो कि भन्ने सन्त्रास घरमा रह्यो । मानसिक शान्ति हुँदैन । त्यसतो निष्प्राण मायामा परिवार चल्ला । यसरी पुर्ण रुपमा भौतिक विछोड महिलाको भयो । आंशिक रुपमा माया प्रेम पुरुषको टुट्यो । यसमा सबै भन्दा अन्याय पुरुषको घर कि श्रीमतिलाई छ । महिलाको विछोडिएको पुरुषलाई छ । आफु संगै ल्याइएकि छोरीको भविश्य धरापमा छ । अन्यायमा धेरै जना देखिन्छन् ।
यतिवेला आफु अन्तिम विकल्प खोज्न लागेको वताउँछिन् । छोरीलाई स्कुल पठाउन सकेकि छैनन् । आज भोलि गर्दै दिन वितेका छन् । चाँडै न्याए पाइने छाँट देखेकि छैनिन् । न त सामाजिक जिवन नै बचेको महशुस गरेकि छन् । उनले आफ्नो रकम असुल गरी न्याए नदिए अप्रिय कदम चाल्ने सूचना प्रहरीलाई पनि दिएको बताइन । आफु संग धेरै उपाए नरहेको अन्याय सहन नसकिएको भनाइ छ । उता प्रहरीले पनि बिवाह गरेको प्रमाण सोध्न गरेको छ, रकम लगेको प्रमाणपनि जुटाउन भनेको छ । विधि पुगेका यस्ता दुवै खाले प्रमाण तिनको साथमा छैन ।
उनले न्याए पाई हाल्ने गतिलो प्रमाणपनि पेश गर्न सकेकि छैनीन् । अन्तिम बिकल्प बलात्कार मुद्धा हालेर प्रहरीमा झिकाई छलफल गराउने उपाए कानुनी सल्लाह पाएको वताइन । त्यसरी मन शान्ति गरेपनि परपुरुष संगको अनुचित सम्वन्धको भुलले उनको जिवन भने पुरै बदलिएको छ । न त उनले खोजेजस्तो न्याए पाउनै आधार देखिन्छ । त्यसैले पनि हुनुपर्छ आफुलाई माता भनेर सम्वोधन गरेको रुचाउन थालेकि छिन् । भगवानको मुर्तिमा लिन हुन्छीन् ।
ज जति भनेर हुन्छ फकाउने पुरुषको परम्परागत शैलि छ । आफुले सुन्दर देखिकी महिलालाई पट्याउँदा पौषत्व स्थापित भएको ठान्छन् । महिलाहरुलाई फकाउन सकिएन काँतर तथा नामर्द भने ग्लानी गर्छन् । यो घटनाले त्यो अवस्था अब नरहेको भनेर प्रमाणित गरेको छ ।
ललाई फकाई केहि दिनको ओच्छ्यान बनाउन सकिन्छ । आफुले मनपराएका जति सबै महिलालाई श्रीमति बनाउन मिल्दैन । मर्दका सातवटी हुन्छन् भनेर मच्चिने जमाना २०७५ भदौ एक गते देखि गए । दोस्रो विवाह गर्नै पाइदैन । ल्याई हालेपनि मान्यता पाउँदैन । बच्चा जन्मिएपनि श्रीमति संग विवाह दर्ता हुँदैन । उल्टो जेल, जरीवाना सहित विवाह बदर हुनसक्छ ।
तपाई त क्या दामि हुनुहुन्छ भनेपछि मख्खै पर्नु ठिकै हो । त्यसको घरकी भन्दा मै उपयुक्त छु भनेर हामफाल्ने जमाना गयो । घर कि त्यति राम्री छैन । म सित झगडा मात्रै गर्छे ।
तपाईलाई लैजान्छु न त्र म बाँच्दैन भन्ने दिन पनि गए । घरकी श्रीमति हुँदा हुँदै अर्कि भित्रयाउन पाईदैन । ललाई फकाई गरेर अरु स्वार्थ लुकि चोरी पुरा गरेको कसैले नदेखेको वात नलाग्न सक्छ । ईच्छा विपरीत वा घरमा श्रीमति हुँदा हुँदै अर्की लिन वा जान कानुनले बन्देज गरेको छ ।
पुरुषले जति नै गफ उडाएपनि महिलाले विश्वास गरीहाल्नु हुँदैन । यदि त्यो गर्न आवश्यक ठानेन भने फस्ने खतरा रहन्छ । त्यसरी झुक्किएको व्यक्तिले सोचेजति न्याए पाउँदैन । किन भने पुर्ण निर्दोश समाजले मान्दैन । कानुनी रुपमा पनि सबै प्रकृया पुरा गर्न आधार बन्दै बन्दैन । कि न्याए देउ कि त मर्छु भन्नेलाई, मर भन्न त मिलेन । बच्नुस् लड्नुस भनेर आड भरोसा दिनुपर्छ नै । उहाँलाई अन्याए भएको छ, न्याय दिने कि नदिने भनेर कड्किन सकिँदैन । आफै जे सुकै गरोस् भनेर पन्छिने हो । उपाए सिकाईदिएर आफु साईड लाग्ने पर्ने हुन्छ ।
यदि अन्याएमा परेको गुणासो गरेपछि पुरुषको घरको श्रीमतिको पक्षमा बोल्न सकिन्छ । उहाँलाई शान्तवना दिन सकिन्छ । त्यति सजिलो ति पर पुरुष र महिलाका पक्षलिएर काम गर्न सजिलो छैन । उहाँहरुको पक्षमा उभिन मिल्दैन । कमजोरी स्वीकार्दै क्षति व्यहोर्न उहाँहरु आफै तयार हुनुपर्छ । बढि क्षती भएकोछ वा वार्वादै पारिएको छ भने भर्ने भराउने कानुनले गराउला । अझ जसरी प्रेम बस्यो त्यसरी सहमतिमा टुंग्याउँदा दुवैको कल्याण होला ।
यो घटनाले बुझाएको कुरा सकभर लुकालो र गलत काम गर्दै नगरौँ । यदि कसैले गरीहाल्यो भनेपनि सहमतिमा लुकालो गर्नुस् । समाजले देखेन, सुनेन भने त्यसको सोधि खोजि हुन्न । घरकाले संका गरेनन् भने छिपाउन पनि सकिन्छ । तर विवाह गरेको धेरै दिन लुकाउन सकिन्न । पर पुरुष र पर स्त्रीले विवाह गरेको देखियो भने त्यसले दुवैलाई भलो गर्दैन । इज्जत प्रतिष्ठा र धन दौलतमा हानि हुन्छ । त्यसलाई पुर्ति गर्नपनि सजिलो छैन । पिडित पिडक भनेर अलग्याउन पनि सजिलो छैन । दिलाउन भराउन पनि निकै कठिन हुँदो रहेछ । आँशु बगाई रहेको देख्दा पनि आत्म पग्लीदो रहेन छ । दया जाग्दैन रहेछ । कम बढिको नाप तौल गर्नु भन्दा मानिसहरुले गल्ती दुईटैको भन्ने अर्थ लाग्दो रहेछ । त्यसैले लुकेर विवाह नगर्नुस है ?
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।