• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्युत उत्पादन गर्न हेलिकप्टरबाट सामग्री ढुवानी गर्दै सिस्ने गाउँपालिका




मदन विसी/रुकुमकोट
रुकुम पूर्वको सिस्ने गाउँपालिकाले हेलिकोप्टरबाट सामान ढुवानी गरि विद्युत उत्पादन गर्न सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर १ मा निर्मानाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत आयोजनालाई पूर्णता दिन हेलिकोप्टरबाट सामान ढुवानी गरिएको छ । सबैभन्दा विकट क्षेत्र १ नम्बर वडाको ओखे्रनामा गाउँपालिकाले ४६ किलोवाट क्षमताको जलविद्युत निर्माण गरिरहेको छ ।

आयोजना निर्माणको जिम्मा गोक्यो इन्जिनीयरीङ कम्पनी लिमीटेड पाल्पाले लिएको छ । उक्त कम्पनीले २०७७ फागुनमा सिस्ने २ का दिपक विसीलाई आयोजना निर्माणको जिम्मा दिएको थियो । भौगोलिक विकटताका साथै सडक सुविधा नभएको उक्त ठाउँमा पुर्याउन ल्याइएको पेनिस्टकपाइप, ट्रान्सफरमर लगाएतका अधिकांस सामान रुकुमकोटमा थुप्रीएका थिए ।

ति सामाग्रीलाई आयोजना स्थलसम्म पुर्याउन अन्य कुनै माध्यम नभएपछि सिम्रिक एरको हेलिकोप्टर प्रयोग गरिएको आयोजना निर्माणको जिम्मा पाएका दिपक विसीले बताउनुभयो । उहाँकाअनुसार रुकुमकोटमा रहेका पेनिस्टकपाइप, ट्रान्सफरमर, ई.एल.सि. प्यानल, जेनेरेटर, टरवाइन, वेसफ्रेस, एक्पान्स ज्वाइन्ट, ज्वानड्रफ्टयूव टर्वाइन र भल्व लगायतका सामाग्रीहरु हेलिकप्टेर मार्फत आयोजना स्थलसम्म पुर्याइएको छ ।

केहि पोल तारहरु आयोजना स्थलनजिक रहेका छन । बाकि रहेका सामानहरु रुकुमकोटबाट ढुवानी गर्ने तयारि गरिएको छ । अबको डेढ महिना भित्र विद्युत गृहमा वत्ति बाल्ने र यसै आर्थिक वर्षभित्र १ नम्बर वडाभरि विद्युत बाल्ने गरि काम गरि रहेको विसीले बताउनुभयो । अहिलेसम्म आयोजनाको नहर बनाउने, केहि ठाउँमा पोल गाड्ने लगाएतका कामहरु सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७७÷७८ मा विद्युत आयोजना निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोना भाइरस कोभिड १९ को महामारीका कारण काम प्रभावित भएको थियो । आयोजना निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले एक करोड र सिस्ने गाउँपालिकाले एक करोड २० लाखगरि २ करोड २० लाख रुपैया छुट्याइएको छ । जसमा एक करोड २० लाख खर्च भएको छ, भने एक करोड खर्च हुन नसकेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

खर्च हुन नसकेको उक्त बजेटलाई क्रमागत योजना मार्फत यस वर्ष पनि राखिएको छ । यस वर्ष जसरी भएपनि आयोजनालाई पूर्णतादिने र १ नम्बर वडाका जनतालाई विद्युतको पहुचँमा पुर्याउने गरि काम भइरहेको अध्यक्ष बरालले बताउनुभयो । उक्त आयोजनाको काम सम्पन्न भएमा सिस्ने १ का ३ सय ८२ घरधुरी विद्युतको पहुचमा पुग्ने छन । हेलिकोप्टर बाट धमाधम विद्युतका ठुला सामान पाखा ओरालीमा झरेको देखेपछि १ नम्बर वडाका बलबहादुर बुढाले छिट्टै विजुली बाल्न पाउने आस गरेका छन ।

Facebook Comments