• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बृहत्तर यौनिकता शिक्षा लागू गर्दै भूमे गाउँपालिका




२०७८ असोज ७ – रुकुम पुर्व, भूमे गाउँपालिकाले आफ्ना स्थानीय बिद्यालयहरूमा बृहत्तर यौनिकता शिक्षा लागू गर्ने भएको छ । स्थानीय श्रोतमा आधारित ५० पुर्णाङ्कको यो विषय ऐच्छिक विषयको रुपमा पढाइ हुने भएको हो । भूमेका ३३ वटै सामुदायिक विद्यालयमा लागू हुने गरि तयारी थालिएको छ । यो विषय कक्षा ४ देखि कक्षा ८ सम्मका लागि तयार गर्न लागिएको छ । स्थानीय सामाजिक तथा संस्कृतिमा आधारित यो विषयले यौनिकता सम्बन्धि सकारात्मक धारणाको उजागर हुने गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । मानव विकास सुचाङ्कमा रुकुम पुर्व पछाडि रहेकोमा यसले केही हदसम्म सहयोग पुग्ने अध्यक्ष बुढामगरले विस्वास व्यक्त गरेका छन् ।

आफ्नै स्रोत संसाधनमा आधारित यो विषय भूमेका लागि समग्र विकासमा सकारात्मक शिक्षा पाउने अपेक्षा गर्न सकिन्छ । समाजको रीतिरिवाज र संस्कारको वैज्ञानिक मुल्याङ्कनले यो विषयले सामाजिक मूल्य मान्यतालाई थप सबल बनाउन मदत पुग्ने, सिसो नेपालका खुमानन्द सुवेदीको भनाइ छ । दुई दिने कार्यशाला गोष्ठीमा स्थानीय अभिभावक तथा शिक्षकहरू बाट उत्कृष्ट स्रोत प्राप्त भएको पनि सुवेदीले बताए । साथै छुटेका कुराहरू निरन्तर सम्पर्कमा रहेर खोजी गर्न पनि पाठ्यक्रम निर्माण समितिलाई सुवेदीले भने । उनले एक पटक लेखिसकेको पुस्तकको पुर्ण संशोधन हुन बर्षौं लाग्ने भएकोले महत्वपुर्ण विषय छुटाउन नहुने पनि बताए ।

स्थानीय स्रोत सोचे भन्दा उत्कृष्ट पाइएकोले यसलाई समाज विकासका लागि अधिकतम उपयोगी विषय बनाउन सबै मिलेर लाग्नुपर्ने लेखन कार्यका खटिएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राधा ढकालले बताए । पुस्तक लेखन कार्य आगामी शैक्षिकसत्र सम्ममा पूरा गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments