• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा उत्सर्ग संगीत अवार्ड हुने




८ असोज । राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी दाङमा उत्सर्ग संगीत अवार्ड २०७८ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्डमा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक के एल पीडितले बताउनु भयो ।

अवार्ड कार्यक्रममा २०७८ असोज १ गतेसम्म बजारमा आएका सिर्जनाहरुलाई समावेश गराइने छ । अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरुले आगामी कार्तिक २ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उपनिर्देशक पाण्डव शर्माले बताउनु भयो । अवार्ड वितरण समारोह तिहारपछि आयोजना गरिने भएको छ ।

Facebook Comments