• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा एमाले नेपाल पक्षीय कमिटीहरु एकीकृत समाजवादीमा रुपान्तरण




दाङमा नेकपा एमालेका माधव नेपाल पक्षले बनाएका सबै कमिटी नेकपा एकीकृत समाजवादीका कमिटीहरुमा रुपान्तरण भएका छन् ।

सो पार्टीको जिल्ला कार्यालय बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला अध्यक्ष सुरामणि बेलबासेको अध्यक्षता र केन्द्रीय सदस्य जोगबहादुर रानाको प्रमुख आतिथ्यमा भएको बैठकले घोराहीको तुलसीपुर चोकनजिक पार्टी कार्यालय स्थापना गर्ने र कार्यालय सञ्चालनका लागि कार्यालय सचिव गजेन्द्र खड्काको संयोजकत्वमा कार्यालय सञ्चालन कमिटी गठन गर्ने निर्णय गरेको छ ।

बैठकले संगठित सदस्यता नवीकरण तथा वितरण गर्ने, संगठन र जनसंगठन निर्माण अभियान चलाउने, वैचारिक अभियान सञ्चालन गर्नेलगायतका निर्णय गरेको जिल्ला अध्यक्ष बेलबासेले जानकारी दिनुभयो ।

बैठकले जिल्ला सचिव पदम केसीका बुवाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पार्टी नेताहरु तिलक केसी, वीरबहादुर केसी, भुपबहादुर केसी, डिल्ली डाँगी, मीना गुरुङलगायतले बोल्नुभएको थियो । जिल्ला उपाध्यक्ष चुर्णबहादुर ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन उपसचिव डिल्ली पुनले गर्नुभएको थियो ।

Facebook Comments