• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थायी राजधानी देउखुरीमा लुम्बिनीका मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिने




लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

लालमटियामा सम्पर्क कार्यालय रहनेछ । शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यावस्थान गर्ने निर्णय भएको छ ।

संविधान दिवस २०७८ को अवसरमा ५७ जना प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरुलाई प्रदेश पदकद्वारा सम्मान गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रेदश पदक प्रदान गर्ने, साविकको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगारको कार्यक्रमको ठाउँमा मुख्यमन्त्री शैक्षिक सुधारकार्यक्रम लागु गर्ने, प्रदेश सरकारको कार्य विभाजन नियमावलीको अनुसूचीममा रहेर हेरफेर भए अनुसारको साविकको मन्त्रालयहरुले कार्यजिम्मेवारी हेरफेर भए बमोजिम सम्बन्धित मन्त्रालहरुलाई अभिलेख र सम्पत्ति दायित्व र जनशक्ति समेत हस्तातरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज केसीले जानकारी दिनुभयो ।

यस्तै राजधानी व्यवस्थापन कार्य जिम्मेवारी पर्यटन तथा शहरी विकास मन्त्रालयलाई तोकिएको हुँदा राप्ती गाउँपालिका २ लालमटिया दाङ स्थित राजधानी व्यवस्थापनको कार्यालयलाई अभिलेख, सम्पत्ति दायित्व जनशक्तिसहित उक्त मन्त्रालयलाई हस्तातरण गर्ने, प्रदेश राजधानी रहने स्थानमा शहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यावस्थान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा रोल्पाका रमेशबहादुर वली क्षेत्रीलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रबक्ता कृष्णध्वज खड्काले बताउनुभयो । मन्त्री परिषद्ले व्यवस्थापन समम्बन्धी कार्यविधि २०७८ दोस्रो संसोधन स्वीकृति गर्ने निर्णय गरेको छ ।

बैठकले भूगोल मिलानअन्तर्गत झिमरुक गाउँपालिका प्यूठानको केन्द्र भ्यागुतेको सट्टा मच्छि कायम गर्ने, त्रिवेणी गाउँपालिकाको वडा, रोल्पा नगरपालिका वडा थपघट तथा समायोजन गर्ने, बुटवल उपमहानगरपालिकाको थपघट तथा समायोजन गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ताका खड्काले सरकारले छिटै सदन सञ्चालन गर्ने, बजेट लिने विषयमा राजनीतिक रुपमा छलफल भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments