• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा एकीकृत समाजवादी लुम्बिनीका १२ जिल्लामा को को भए अध्यक्ष ?




नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।

लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्यक्ष चयन भइसकेकोमा गुल्मी र दाङमा शुक्रवार चयन गरिएको केन्द्रीय सदस्य एवं प्रस्तावित प्रदेश अध्यक्ष मेटमणि चौधरीले जानकारीले दिनुभयो ।

जसअनुसार बाँके अध्यक्षमा अशोक कोइराला, बर्दिया अध्यक्षमा प्रेम शर्मा, दाङ अध्यक्षमा सुरामणि बेलबासे, कपिलवस्तु अध्यक्षमा लंकबहादुर हमाल, रुपन्देही अध्यक्षमा राजु गुरुङ र नवलपरासी अध्यक्षमा कुमार आले रहनुभएको छ ।

त्यस्तै पाल्पा अध्यक्षमा खिमानन्द पाण्डे, गुल्मी अध्यक्षमा श्रीराम महत, अर्घाखाँची अध्यक्षमा रामबहादुर चौहान, प्युठान अध्यक्षमा भोजबिक्रम बुढा, रोल्पा अध्यक्षमा हरिप्रसाद घर्ती र रुकुमपूर्व अध्यक्षमा भीउमान घर्ती रहनुभएको छ ।

Facebook Comments