• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा फोटोग्राफी तालिमको तयारी




दाङ जिल्ला फोटोग्राफर एशोसियनले जिल्लामा रहेका फोटोग्राफर हरुलाई व्यवसायीकरूपमा वलियाे बनाउन १ दिने सिपमुलक फोटोग्राफी तालिम दिने भएको छ।

यही आउदो २०७८ असोज १६ गते शनिबार का दिन पारेर गर्न लागेकाे यसकक्षामा सहभागी हुन दाङ्ग जिल्ला फाेटाेग्राफर संघका नेपाल फोटोग्राफर लुम्बिनी प्रदेश को सम्योजक एबम दाङ जिल्ला फोटोग्राफरको निर्बतमान अध्यक्ष वसन्त जोशिले जानकारी गराउनु भयाे ।

कार्यक्रमबाट धेरै फोटोग्राफर हरु लाई लाभ मिल्ने कुरा जानकारी गर्दै फाेटाेव्यवसायी दुर्गा प्रसाद चौधरीलाई कार्यक्रमकाे संयोजक चयन गरि कार्यक्रमकाे प्रचार प्रसारकाे जिम्मेवार दिईएकाे छ ।

फाेटाेपसलकाे सहकार्यमा हुन गईरहेकाे फाेटाेग्राफिक कक्षामा वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जङ्ग बस्नेत प्रशिक्षककाे रूपमा हुनेकुरा फाेटाेपसलका प्रवन्ध निर्देशक फाेटाेग्राफर बिक्रम न्याैपानेज्युले जानकारि गराउनु भयाे साथै पेशागत हित नै सीप,क्षमता र भावनात्मक विकासलेनै गराउछ भन्दै यसकार्यक्रम मार्फत छरिएर रहेका फाेटाेग्राफरलाई समेत एककृत गरि वृहतर हितमा लाग्ने र नजानेकाे कुरा सिक्ने अबसर समेत मिल्ने छ भन्नू भयो । दाङ्ग जिल्ला फाेटाेग्राफर संघका अध्यक्ष गणेश दंगालज्युले सबैकाे सीप विकासलेनै हाम्राे उत्थान हुनेहुनाले यस्ता कार्यक्रम गर्न गराउन लागिरहनेकुरा समेत जानकारि दिनुभएकाे थियाे ।

कार्यक्रमकाे बारेमा थप जानकारी सल्लाह सुझावकाेलागि संघमा वा संघका पदाधिकारी संग सम्पर्क गर्न सबैलाई अपिल गर्दै दाङ्ग जिल्ला फाेटाेग्राफर संघ व्यवसायीकाे हितमा अग्रसरता देखाउनुहुने फाेटाे पसल र टिमलाई धन्यवाद दिनुभयाे ।

Facebook Comments