• २३ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाको गाउँगाउँमा भेला र बैठक




नेपाल कम्युनिस्ट पार्टी रुकुमपश्चिम त्रिवेणी गाउपालिकाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ।

बैठकको अध्यक्षता गाउपालिकाका सेक्रेटरी सोमपालले गर्नुभएको थियो भने पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज बिश्व, जिल्ला सेक्रेटेरी चन्द्र, जिल्ला सचिवालय सदस्य एवं गाउपालिका ईन्चार्ज छवि र अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष प्रेमप्रशान्त लगायतले प्रशिक्षण दिनुभएको थियो ।

बैठकले संगठनात्मक ,निर्माणात्मक,उत्पादनात्मक काम अभियानात्मक ढङ्गले संञ्चालन गर्ने, समाजिक बिकृति बिसंगति, बेरोजगारि,भ्रष्टाचार, महंगी, लागु औषध दुर्ब्यसनका बिरूद्व संघर्ष गर्ने , लघुबित्तिय संघसंस्थाहरूले गरेका बेतिथिका बिरूद्व संघर्ष गर्ने निर्णय गरेको छ।

पार्टीले अघि सारेको बैज्ञानिक समाजबादि कार्यक्रम बारे जनतामा थप स्पष्ट पार्न जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत घरदैलो भेटघाट अभियान संञ्चालन गर्ने ,र आन्तरिक पार्टी पंक्तिलाई शसक्त बनाउन स्कुलिङ,प्रशिक्षण संञ्चालन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

Facebook Comments