• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका तीन फोटोग्राफर उत्कृष्ट घोषित




१८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिताम २०२१ मा दाङका तीन फोटोग्राफर उत्कृष्ट भएका छन् ।

बसन्त जोसी, झग्गुप्रसाद चौधरी र बिष्णु न्यौपाने उत्कृष्ट भएका हुन् ।

फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफप्लाई अन्तराष्ट्रियमाझ पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताउनुभयो ।

प्रतियोगितामा दाङबाट ६५ जनालगायत नेपालभरिबाट तीन सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटो सहभागी गराइएको थियो ।

प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरिबहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहनुभएको थियो ।

कार्यक्रममा माउन्टेन फोटोग्राफीका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगिताबाट नेपाली फोटोग्राफरहरुको व्यावसायिकतालाई सहयोग पुग्ने बताउनु भयो । दाङ जिल्ला संयोजक दुर्गाप्रसाद चौधरी रनुभएको थियो ।

अघिल्लो वर्ष फोटो पसलले कोभिड १९ फोटो प्रतियोगिता, जनचेतनामूलक र फ्रन्टलाइनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी र पत्रकारहरुको सम्मानमा कार्यक्रम संचालन गरेको थियो । फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरकार सम्मान र फोटोको मुल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निशुल्क तालिमको व्यवस्था गरेको छ । यही असोज २ गते सर्वोउत्कृष्ट फोटोहरु प्रदशनीमा आउने र प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ ।

Facebook Comments