• २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीमा नेकपा एकीकृत समाजवादीको क्षेत्रीय भेला




नेकपा एमालेबाट बिभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले दाङ क्षेत्र नम्बर १ मा क्षेत्रीय भेला गरेको छ ।

क्षेत्रीय संयोजक मीना गुरुङको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भागवत विश्वासीले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त गर्ने गरी गतिबिधि अघि बढाएपछि आफूहरुले बिद्रोह गरेको बताउनुभयो ।

वृहत बाम एकता र समाजवादको बाटोमा अघि बढ्न उहाँले सबैलाई आव्हान पनि गर्नुभयो ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य अनारकलि मियाँ, नेताहरु लक्ष्मण आचार्य, सुरामणि बेल्बासे, बिरबहादुर केसीलगायतले सम्वोधन गर्नुभएको थियो ।
पवन रिजालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत भुमान्डप केसीले गर्नुभएको थियो ।

Facebook Comments