रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा स्वास्थ्य संस्था प्रमुखहरुको बैठक सम्पन्न भएको छ ।
बैठकले कोभिड १९ खोप अभियानलाई थप प्रभावकारी बनाउन जनशक्ति ब्यबस्थापन गर्ने, नगर क्षेत्रभित्रका खोप क्लिनिक तथा गाउँघर क्लिनिकहरुको संख्या यकिन गरि नजिकका स्वास्थ्य संस्था मार्फत परिचालन गर्ने र गत बर्षको स्वास्थ्य तथ्याङ्कमा देखा परेका कमजोरीहरुलाई तत्काल सच्याउने निर्णय गरेको छ ।
त्यसैगरि बैठकले गत आर्थिक बर्ष २०७७।०७८ को बार्षिक समिक्षा र आर्थिक बर्ष २०७८।७९ को बार्षिक कार्ययोजना निमार्णका लागि तयारी गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख देबिलाल गौतमको अध्यक्षतामा सम्पन्न बैठकमा सामाजिक विकास समितिका संयोजक शुसिल गौतम, स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्री, स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत काली बहादुर ओली, खोप अधिकृत कृष्णा खड्का, स्वास्थ्यको लागि सक्षम प्रणालीका प्राबिधिक अधिकृत ऋषी न्यौपाने, सुआहाराका कार्यक्रम अधिकृत आश्रीता चौधरी र नगरपालिकाभित्रका सबै स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठक नगरपालिकाको सभाहल सेरीगाउँमा यहि भदौ ५ गते शनिबार सम्पन्न भएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
