• ३० भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाँकेमा फेरि बढ्न थाले कोरोना संक्रमित




भेरी अस्पताल नेपालगञ्जमा कोभिड सङ्क्रमित विरामीहरुको सङ्ख्या फेरि बढ्न थालेको छ ।

नयाँ सङ्क्रमितको सङ्ख्या समेत साउन दोश्रो सातादेखि बढ्न थालेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क ब्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

अहिले फेरी सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ , वलीले भन्नुभयो, समुदायस्तरमा कोभिड विरुद्ध सावधानी अपनाउन जरुरी देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा साउनको ५ गते कोभिड सङ्क्रमित विरामी १८ जनाको उपचार भईरहेकोमा सोमबारसम्म अस्पतालमा उपचाररत कोभिड सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । जिल्लाका प्रयोगशालामा भईरहेका परीक्षणमा प्रत्येक दिन नयाँ सङ्क्रमितको सङ्ख्या थपिने गरेको छ ।

जिल्लामा कोभिड सङ्क्रमणको दर घटेपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा कायमै राखिएपनि सार्वजनिक विद्यालय, सभा सम्मेलन बाहेक अन्य कार्यमा छुट दिइएको छ ।

तर नेपालगञ्ज र आसपासका क्षेत्रमा सामाजिक दुरी कायम नभई भिँडभाड भएको र अधिकाँश ब्यक्तिहरु मस्क बिना नै आवागमन गर्न थालेपछि बाँकेमा फेरी कोभिडको जोखिम बढेको भन्दै सचेतनामुलक अभियान समेत सञ्चालन भईरहेका छन् ।

Facebook Comments