• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनता खोज्दै माओवादी, गुनासो पोख्दै जनता




दिवाकर पोख्रेल
सर्वोच्च अदालतको फैसलासंगै नेकपा एमाले र माओवादी केन्द्र फरक फरक पार्टी बनेसंगै अहिले माओवादी केन्द्र जनता खोज्दै गाउँ पसेको छ ।

लामो समय सम्म पार्टी प्रशिक्षण नभएको, पार्टी सदस्यता नविकरण नभएको र पार्टीकै सम्पर्कमा नभएका नेता कार्यकर्ता र जनता खोज्दै माओवादीले आफ्नो अभियानलाई गाउँ केन्द्रित गर्न थालेको हो । माओवादी केन्द्रको केन्द्रिय समिति बैठक चलेर अहिले स्थकीत भएको अवस्थामा केन्द्रिय निर्णयको प्रतिक्षा नगरी आफ्नै मौलिकतामा पार्टी कमिटिलाई सकृय बनाउने उदेश्य अनुरुप जनतासंग माओवादी अभियान संचालन गर्न थालिएको हो ।

यो अभियानको शुरुवात दाङको लमही नगर कमिटिले गरेको छ । नेकपा माओवादी केन्द्र लमही नगर किमिटिका सचिव बसन्त शर्मा बिक्रान्तले आफुहरुले अभियानलाई गाउँ केन्द्रित गरेको जानकारी दिनुभयो । पार्टी विभाजनले देखिएको निराशा हल गर्न र आफ्नो पार्टीको कार्यदिशा स्पष्ट पार्नपनि आफुहरु जनतामा केन्द्रित हुनुपरेको भनाइ उहाँको छ ।

उहाँले भन्नुभयो, पार्टी माथि मथि मात्रै भएको थियो,तल सेल कमिटि सम्म लामो समय सम्म पुग्न सकिएको थिएन जनवर्गिय संगठन सकृय थिएनन अब यि सबै सङठनलाई सकृय बनाउँदै लैजान्छौ ।

जनतासंग माथिल्लो तहका नेताहरुलाई साक्षात्कार गराउने उदेश्यका साथ माओवादी नगर कमिटिले केन्द्रिय सदस्यकै सहभागितामा भेटघाट कार्यक्रम र गाउँ अभियान संचालन गरेको छ । नेता जनता केन्द्रित हुनुपर्ने पाठक आफुहरुले सिकेको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रजित थारुले जनताले आफ्नै गुनासो र सुझाव पार्टीलाई दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, हामीले सोँचेभन्दा राम्रो पाएका छौ, जनताले नेता आएनन भन्ने गुनासो गरेका छन्, हाम्रो यो अभियान निरन्तर चल्छ उहाँले भन्नुभयो । केन्द्रिय सदस्य थारुले तल्लो तहले कार्यक्रम बनाएर माथिल्लो तहका नेतालाई परिचालन गर्ने नयाँ अभ्यासले सकरात्मक शन्देश दिएको समेत बताउनुभयो ।

यस्तै गरी नेकपा माओवादी केन्द्र लमही नगर कमिटिले सबै वडाको वडा भेला सम्पन्न गरेको छ । पहिलो चरणको कार्यक्रम अनुसार सबै वडा भेला सम्पन्न गरेपछि स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएकाहरु संग विगतको जिर्वाचनको समिक्षा समेत गरेको छ ।

पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुले निर्वाचन पछी पार्टीले प्रशिक्षण, सङगठन निर्माण, सदस्यता नविकरण लगायतको काम नगरेको भन्दै गुनासो गरेका थिए । स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा उम्मेदवार बन्नु भएका घनश्याम खनालले निर्वाचनकै समयमा मात्रै अभियान संचालन गर्नुभन्दा सधै जनतासंग हुने कार्यक्रम ल्याउन उच्च नेतृत्वलाई आग्रह गर्दै नेताहरुको आचरण, व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको बताउनुभयो ।

यसैविच नेकपा माओवादी केन्द्र लमही नगर कमिटिले शनिबार लमहीमा पहिलो चरणको अभियानको समिषा गरेको छ । नगर सचिव बसन्त् शर्मा विक्रान्तको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा भएको समिक्षा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले भूमिहिनले लालपुर्जा पाउने कुरा संविधानमै उल्लेख भएकाले कुनैपनि हालतमा जग्गा पाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो,केहीले गलत अर्थ लगाएर सुकुम्बासीलाई भटकाउन खोजेका छन ।

लालपुर्जा पाउनेकुरा हामी संविधानमै लेखेका छौ,भुमहिनले लालपुर्जा पाउने ग्यारेन्टी भैसकेको छ, पाउँछन । यस्तै केन्द्रिय सदस्य आचार्यले पार्टी कर्तालाई जनताको समस्या संग नजीक हुन आग्रह गर्दै जनमुखी बन्न र जनजीवीकाका समस्या हल गर्ने विषयमा केन्द्रिय निर्देशन कुर्न आवश्यक नरहेको बताउनुभयो । एमसीसी जस्ताको तस्तै पारीत नहुने भन्दै उहाँले नेपालको स्वार्थ अनुकल वनाए मात्रै एमसीसी पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश सचिवालय सदस्य लुमाकान्त न्यौपाने सागर, जिल्ला सचिव तुलसीराम पुन ‘सुवास’प्रवासका नेता रामप्रसाद घिमिरे, नगर इन्चार्ज अमर कुवंर नवि, जिल्ला सचिवालय सदस्य ओमप्रकाश सुवेदी सागर लगायतले प्रशिक्षणात्मक मनतव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागि कार्यकर्ताले नेतृत्वको कार्यशैली प्रति प्रश्न उठाउँदै जनतासंग जोडिने कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

Facebook Comments