भीमबहादुर ओली
कम्यूनिष्ट पार्टी निर्माणका सवालमा लेनिन र माओको मृत्यु पछाडि गम्भीर समस्याहरु पैदा भएका छन। आजको उत्पादन सम्बन्ध र उत्पादक शक्ति अनुकूल तथा समग्र प्रणाली अनुकुल राजनैतीक कार्यदिशा अभावका कारण नेपाल,भारत,टर्की, फिलिपिन्स र पेरु आदी देशहरूमा संचालित विद्रोहहरू सफलतातिर पुगेका छैनन्।
लेनिनका अनुसार कम्यूनिष्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता, क्रान्तिको साधन र नेतृत्वहरुको संगठनका रुपमा परिभाषित भयो तर आज संसारभर यही मापदण्डमा पार्टी बनाइएन र हाम्रो यो अवस्था भयो।
अर्को कुरा लेनिनले वस्तु या पार्टी विपरितहरूको एकत्वका रूपमा संश्लेषण गर्नु भयो तर हामीहरू एक समयका सहयात्रीहरू पनि विघटित भएका छौं, जसले हामीहरू लेनिनको संस्लेषण भन्दा भिन्न स्थानमा पुगेपपछि कम्यूनिष्ट पनि रहेनौं, यो कुरा भने सत्य हो।
माओले एक दुईमा विभाजनका रुपमा संस्लेषण गर्नुभयो तर हामीहरूले विभाजन आफैलाई गरेपछि एक वस्तुमा हुने गुण नै समाप्त गरेपपछि हामीहरू एक वस्तु या पार्टीका रुपमा नेपालमा मात्र होइन विश्वमै रहेनौ।
कम्यूनिष्ट पार्टी जातीय र लिंगीइ नभै क्रान्तिको साधन भएकाले आज पनि नेपालमा बनाउन खोज्नेहरूको अवधारणा हेर्दा पार्टी होईन मोर्चा बनाउने तयारी देखिन्छ। अब पनि नेपालमा मोर्चा निर्माणको चरणमा हामीहरू छौ भने समाजवादको सम्भावना देखिदैन।
कम्यूनिष्ट पार्टीको निर्माणविना नेताहरुको संगठनलाई सर्वहारावर्गको अग्रदस्तामा रुपान्तरण नगरी कसले गर्छ समाजवादी क्रान्ति ? माओले ‘थ्री इन वन’ को अवधारणा अगाडी सार्नुभयो । यो अवधारणाले पनि कम्यूनिष्ट पार्टीलाई तीय र लिंगीय बनाउने कुराको विरोध गरेको छ तर हामीहरू भने त्यसैमा केन्द्रित भएपछि लेनिन र माओले गरेको संस्लेषणविपरित पार्टी बनाएर कसरी हुन्छौं लेनिनवादी र माओवादी ?
पार्टी निर्माणमै गम्भीर समस्याहरु पैदा भएका कारण नेपालमा पार्टी संचालन विधि र पद्धतिमा झनै समस्याहरू नहुने कुरै भएन, जसका कारण सम्पूर्ण हिसाबले हामीहरू विघटित अवस्थामा पुग्यौ।
लेनिनले विधि तथा पद्धतिको सवालमा तीनवटा कुरा आफ्नो समयमा भन्नुभयो, हामीहरुले लागु गरेनौ । हामीहरूले जनवादी केन्द्रीयता, आत्मालोचना र आलोचना तथा नेतृत्व छनोटको बिधिकै सवालमा लेनिनवादी नभइ मार्तोभकै तरिकामा लागेपछि नवसंसोधनवादमा पुगियो।
पार्टी निर्माणका सवालमा विसर्जनवादी पद्धति र विधिको सवालमा नवसंसोधनवादमा गएकै कारण लक्ष्यमा पुग्न सकेनौ। जनवादी केन्द्रीयता र आत्मालोचना तथा आलोचनाका सवालमा स्वेच्छाचारी भैसकेपछि त्यसले छनोट गर्ने नेतृत्व पनि लेनिनले भनेअनुसार हुने कुरा भएन ।
लेनिनका अनुसार नेतृत्व छनोटमा चार कुरा थिए– इमान्दारिता, सक्रियता वा निरन्तरता, समर्पीत भावना र रचनात्मक क्षमता तथा कार्यदक्षता । यी आधारमा छान्ने कुरा नभै आजको वहस हेर्दा ४० वर्ष मुनिका युवाहरुको कुरा आउदा नेताहरूका छोराछोरी, बुहारी र नातिहरु सो उमेरका भएछन भनेर जनताका छोराछोरीहरूले किन नबुझ्ने ? कार्यक्रताहरू पनि आजसम्मको राजनीतिले नबुझ्ने छैनन् ।
महिला, दलित, आदिवासी र जनजातिका विषयहरु पनि छन, जसका लागि पनि नेता वरिपरि घुम्ने र घुम्न लगाउन सकिनेहरूको छनोट आदि विषयहरूले कम्यूनिष्ट पार्टी र पद्धति निर्माणका विषयहरू नयाँ बहसका रुपमा लैजानुपर्छ र यसमा लेनिन र माओको संश्लेषित विषयहरू हाम्रा मार्गदर्शन हुनुपर्छ।
पार्टी नियन्त्रित, नेता नियन्त्रित , जननियन्त्रित या सर्वहारा मजदुर नियन्त्रित कस्तो राज्यसत्ता निर्माण गर्ने आम बहसपछि संश्लेषण गर्न आवश्यक छ । बहसपछि संस्लेषण सहितको राजनैतिक कार्यदिशाविना कम्यूनिष्ट पार्टी र सत्तालाई बिधि र पद्धतिमा कसरी चलाउन सकिन्छ ? चलाउन नसकिएको वर्तमान अवस्था यसैको कारण हो । आज समस्याहरूको पहिचाहन भयको छ । अब हाम्रो दायित्व लेनिन र माओले गरेको संश्लेषणको जगमा टेकेर अलि माथि पुग्नुपर्छि, तब मात्र हामीहरू आफ्नो लक्ष्यमा सफल हुनेछौ।
बबई ४ हापुरे दाङ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।