• २३ भाद्र २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाढीले नेपालकै दोस्रो लामो पुलमा क्षति




अविरल बर्षातपछि आएको बाढीका कारण नेपालकै दोस्रो लामो पुलमा क्षति पुगेको छ । पुलको एप्रोचमा क्षति पुगेपछि राप्ती नदी वारपार गर्ने यातायात पनि बन्द भएको छ ।

क्षति पुगेको जानकारी पाएपछि स्थलगत अनुगमन गरी मर्मतका लागि सम्बन्धित निकायमा आग्रहमा गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङले जानकारी दिनुभयो ।

‘दाङको राप्ती र गढवा पालिकाको सिमा राप्ती नदीमा बनेको देशकै दोस्रो लामो सिसहनियाँ पुल जोडने हुलाकी मार्गको एप्रोच आजको बाढीले भत्काउँदा यातायात आवागमन बन्द भएकोले शीघ्र मर्मतको काम गर्न पुल डिभिजन नेपालगन्जलाई अनुरोध गरिएको छ’– उहाँले भन्नुभयो ।

दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुलको ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको छ । अनक निर्माण सेवाले आर्थिक वर्ष २०७२–७३ देखि निर्माण कार्य शुरु गरेको पुल निर्माण सम्झौताभन्दाअघि सम्पन्न भएको थियो ।

पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेको यो पुलको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो थियो । पुल निर्माण भएसँगै १५ मिनेटमा राप्ती नदी वारपार गर्न सकिन्छ ।
तस्विर स्रोतः प्रजिअ रामबहादुर लिम्बु कुरुम्बाङको फेसबुक

Facebook Comments