जंगबहादुर रेउले
सुरक्षित आप्रवासना परियोजना सामीले सुरक्षित वैदेशिक रोजगारीको सवालमा पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सामीले घोराहीमा एक कार्यक्रमको आयोजना गरी सुरक्षित वैदेशिक रोजगारीको सवालमा पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासन परियोजना सामी) हेल्भटास नेपालका क्षेत्रिय संयोजक पञ्चराम चौधरीले दुई जिल्ला खोटाङ र सर्लाहीबाट शुरु भएको यो संस्थाले अहिले ३९ जिल्लाका १५६ वटा स्थानीय तहहरुमा काम गर्दै आएको बताए ।
“सकिन्छ स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारमा जानेनै भए सही सूचना लिएर, सीप सिकेर मात्र जाऔं” भन्ने मुल नाराका सामीले काम गर्दै आएको समेत बताए । नेपाल विश्वमा श्रम निर्यात गर्ने मूलुकको रुपमा परिचित भएको र नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा ५६ लाख युवाहरु विश्वका विभिन्न एक सय १० मुलुकहरुमा रहेको उनको भनाई छ ।
संयोजक पञ्चराम चौधरीका अनुसार करिब ७५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र एक प्रतिशत मात्र दक्ष जनशक्ति नेपालबाट बैदेशिक रोगजारको सिलसिलामा जाने गरेका छन् । नेपाल सरकारसँग हालसम्म बैदेशिक रोजगारबाट कति कामदार फर्किए भनि एकिन तथ्यांक नभएको र नेपालको एरपोटमा दैनिक ३ देखि ५ जना कामदारहरुको सव भित्रिने गरेको संयोजक चौधरीले बताए ।
कोभिडका कारण अधिकांश वैदेशिक रोजगारमा गएका कामदारहरु काम नपाउने, कम्पनीले काम नदिने, विरामी पर्ने जस्ता अनेकौं समस्यामा रहेको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासन परियोजना सामी) दाङ जिल्लाका संयोजक बसन्ता पुनले वैदेशिक रोजगारमा जानका लागि सही सूचना लिएर तथा हातमा केही सीप सिकेरमा मात्र जानुपर्ने बताइन् । दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिका गरी चार वटा स्थानीयहरु तहहरुसँग समन्वय गरेर सामीले कार्यक्रमहरु गरेको समेत बताइन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरी, प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
