• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्ने राउण्डपछि सिस्ने ट्राभल ट्रेक पहिचान




पूर्वमा सिस्ने पदमार्गको (ट्राभल ट्रेक) पहिचान गरिएको छ । करिव ३७ दिन लगाएर पदमार्गको पहिचान सकिएको बाँफीकोट गाउँपालिकाका हिमाल आरोही मानबहादुर खत्रीले जानकारी दिए ।

उनको नेतृत्वको टोलीले ‘सिस्ने ट्राभल ट्रेक’ पहिचान गरेका थियो । ‘सिस्ने राउण्ड’को पहिचान पनि सोही टोलीले गरेको थियो । सो टोलीले ट्राभल ट्रेकको लागि तीन खण्डमा काम गरेको थियो । जिल्ला सदरमुकाम रुकुमकोटलाई जिरो प्वाइन्ट बनाएर शुरुआत हुने ट्राभल ट्रेक सिस्ने २ को नायगाड हुँदै लैपा पुगिने जनाइएको छ ।

त्यहाँबाट भने तीन खण्डको अध्यन पछि मात्र ट्राभल ट्रेक अन्वेषणको काम सफल भएको हिमाल आरोही खत्रीले बताए । उनका अनुसार सबैभन्दा पहिले सिस्ने–पर्मुली–चौके –रातापर–त्रपन्ना–नयाँपन्ना–नौ दह– डारी हुदै सिस्नेसम्मको मार्गमा अन्वेषण गरिएको थियो ।

यहाँबाट पदमार्गको सम्भावना नदेखिएपछि फेरी अर्को खण्ड सिस्ने १ को पाखापानी–दह–निगालटाटा–भरभरे–हिउँखोला–किला–सिस्ने बेस क्ययाम्प–पञ्च बस्ने ओढार–सानाभेरी ओढार भएर जङ्गल हुँदै पुनः सिस्नेसम्मको अध्यन गरिएको उनले जानकारी दिए ।
यो पनि पढ्नुहोस्

पाँच महिनाको प्रयासपछि तयार भयो नयाँ गन्तव्य सिस्ने राउण्ड

Facebook Comments