हिक्मत पर्तेल/तकसेरा
रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को बजेट सार्वजनिक भएको छ । ११ औँ गाउँ सभामा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले कुल बजेट ४६ करोड ३९ लाख ८४ हजार तीन सय रुपैयाँ बजेट सार्वजनिक गर्नु भएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएका बजेतमा आन्तरिक राजस्वबाट ५० लाख रुपैयाँ, संघीय सरकारको वित्तिय समानिकरण अनुदान १० करोड ७८ लाख, संघीय सरकारको सशर्त अनुदान २० करोड, ७५ लाख, संघीय सरकारको विशेष अनुदान एक करोड ९१ लाख, संघीय सरकारको राजश्व बाँडफाँड ८ करोड, ३६ लाख, ७१ हजार, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान ५१ लाख २४ हजार, प्रदेश सरकारको सशर्त अनुदान ८५ लाख, ४४ हजार, प्रदेश सरकारको समपूरक अनुदान एक करोड ५० लाख, प्रदेश सरकारको विशेष अनुदान, ६० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँड ६२ लाख, ४५ हजार, तीन सय बजेत गाउँपालिकाले ल्याएको उपाध्यक्ष शाहीले बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
