• २१ भाद्र २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा तीन वर्षमा ८ सय ८३ घरधुरीलाई रातो टिन वितरण




देशभरका स्थानीय तहहरुले आफ्नो मातहतभित्र पर्ने खरको खानो हटाउने अभियानलाई अगाडि बढाइरहेका छन् ।

तहले सुरक्षित आबासका लागि न्यून आर्थिक तथा सिमान्तकृत वर्गहरुका खरको छानो हटाई जस्ताको पाता दिने कार्यलाई प्रत्येक वर्ष निरन्तरता दिदै आएको पाइन्छ । यद्यपि सरकारको लक्ष्य अनुसारको काम पुरा नहुने हो कि भन्ने चिन्ता पनि उत्तिकै बढेको देखिन्छ ।

तर, रोल्पाको रुन्टीगढी गाउँपालिकाले रातो टिन वितरण कार्यलाई तीब्रता दिएको छ । पालिकाले पालिकाभित्र भएका खरका छानो हटाउँने उद्देश्यका साथ रातो टिन दिने अभियान कार्यलाई अगाडि दिदै आएको हो ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले पालिकाभित्र रहेका न्युन आर्थिक अवस्था भएका तथा अति विपन्न वर्गहरुलाई रातो टिन वितरण गरेको र तीन आर्थिक वर्षमा ८ सय ८३ घरधुरी संख्या प्रत्यक्ष लाभाम्वित भएको बताए ।

यो वर्षमा प्रदेश सरकार र पालिकाको १ करोड बजेटको समपुरकमा २ सय घरधुरी र संघीय कार्यक्रम अनुसार १ करोड ७२ लाख बजेटमा ३ सय ४४ घरधुरी संख्यालाई रातो टिन वितरण गरिएको समेत उनले बताए ।
अध्यक्ष बुढाका असुसार आ.व.२०७६÷०७७ मा १ करोड बजेटमा १ सय ६९ घरधुरी र आ.व.२०७५/०७६ मा १ करोड बजेटमा १ सय ७० घरधुरी संख्यालाई रातो टिन वितरण गरिएको हो ।

पालिका भित्रका जनसंख्या र भूगोलको आधारमा रातो टिन वितरण गरेको र आउने असारसम्म खरको छानो भएका घरधुरीको सबै तथ्यांक संकलन गरी आगामी वर्षमा ती सबै खरका छानो भएका सम्पूर्ण घरधुरीलाई रातो टिन दिने लक्ष्यका साथ अगाडि बढेको पनि उनले बताए ।

Facebook Comments