• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निर्माण सम्पन्न नहुँदै भत्कियो घोरदौरा डबली (फोटो फिचर)




दाङको घोराही उपमहानगरपालिका १८ घोरदौरामा निर्माण गरिएको सांस्कृतिक डबली निर्माण पूरा नहुँदै भत्किएको छ ।

डबलीको पश्चिमतर्फको गाह्रो भत्किएको छ छ भने डबलीको मञ्च पनि चर्किएको छ । त्यस्तै दर्शकदीर्घामा लगाइएको पेटी कामै नलाग्ने गरी चर्केको छ ।

टाढाबाट स्टेल ल्याएर बनाइएको दर्शकदीर्घाको पेटी कामै नलाग्ने गरी भत्किएको छ ।

जमीन सतहबाट कुनै बलियो गारो नलाएर माटोमाथि पेटी लगाएका माटो दबेपछि पेटी भत्किएको हो ।

त्यसैगरी मञ्चको पूर्वतर्फ बनाउँदै गरेको शौचालय पनि भत्किएको छ ।

प्राबिधिकहरुले गलत डिजाइन गरेका कारण यस्तो अवस्था आएको जानकारहरुको भनाइ छ ।

बाहिर बसेर कम्प्युटरका भरमा बनाएको डिजाइनका आधारमा निर्माण गर्दा संरचना निर्माणले पूर्णता नपाउँदै यति धेरे क्षति भएको छ ।

यसबाट निर्माण कम्पनीलाई पनि घाटा भएको छ भने राज्यको सम्पत्तिको क्षति पुगेको छ ।

प्रदेश सरकारको लगानीमा करोड बढीको लगानीमा सांस्कृतिक डबलीका संरचना बन्दैछन् ।

Facebook Comments