• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशको नीति कार्यक्रममा छलफल जारी




लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८ ७९ नीति कार्यक्रममाथि प्रदेशसभामा छलफल हिजोदेखि शुरु भएको छ ।

मुख्यमन्त्री शंकर पोख्रेलले नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भनेर प्रस्ताव राख्नुभएको थियो । साथै उहाँले नीति तथा कार्यक्रम पेश गरेकोमा प्रदेश प्रमुखलाई धन्यवाद दिने प्रस्ताव पनि पेश गर्नुभएको थियो । सो प्रस्ताव बहुमतबाट पारित भएको थियो ।

यसमा अल्पमत बहुमतका लागि मतदान नगराइए पनि ध्वनि मतका आधारमा प्रस्ताव पारित गरिएको प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा छलफल शुरु भएकाले एक दुई दिनमा निर्णयार्थ पेश हुने बताउनुभयो । ‘संभवतः नीति तथा कार्यक्रममा भने ध्वनिमत भन्दा पनि मतदान नै हुनेछ’– उहाँले भन्नुभयो ।

Facebook Comments