• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा स्कुल लमहीद्वारा आर्थिक सहयोग




श्रवण कुमार यादव
गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा मोडेल सेकेन्डरी स्कुल लमही, दाङले देउखुरी उपत्यकाका अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

कोभिड–१९ को दोस्रो भ्यारियन्टबाट हाल दाङ जिल्ला निकै प्रभावित भएको अवस्थामा देउखुरी उपत्यकामा अक्सिजनको अभावलाई कमी हुन नदिनका लागि विद्यालयले १,०१,०००।– अक्षरेपि एक लाख एक हजार आर्थिक सहयोग गरेको हो ।
देउखुरीका अस्पताललाई अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर मेसिन उपलब्ध गराउन टेवा पु¥याउने हेतुले रोटरी क्लबको कन्सन्ट्रेटर मेसिन उपलब्ध गराउने अभियानका लागि रोटरी क्लबका संस्थापक अध्यक्ष रवीलाल आचार्यलाई विद्यालयका प्राचार्य लोकमान रिजालले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

देउखुरी उपत्यकाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकाका अस्पताल र लमही नगरपालिकाको डाइलाइसिस सेन्टरमा अक्सिजनको अभाव हुन नदिन सो रकम सहयोग गरिएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिनुभएको छ ।

Facebook Comments