• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कप्पल फोटो प्रतियोगिता दाङको संयोजकमा दुर्गा




फोटो पसल प्रा.लि.ले १८२ औं विश्व फोटो ग्राफि दिवसको अवसरमा आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागी दाङ जिल्लाको संयोजक दुर्गा प्रसाद चौधरी चयन हुनु भएको छ ।

सानो उमेर देखी नै फोटोग्राफी रुची राख्ने दुर्गाले हाल सत्य साई डिजिटल ग्राफिक फोटो स्टुडियो एवं फ्रेमिङ सेन्टर संचालन गर्दै आउनु भएको छ ।

१८२ औं विश्व फोटो ग्राफी दिवस अर्थात भाद्र ३ गतेलाई मध्य नजर गरेर आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिता लाई तयारी तिव्र पारि विभिन्न जिल्लाबाट संयोजक चयन तथा फोटो कलेक्सनको काम भईरहेको मुल आयोजक समितिका संयोजक तथा फोटोपसलका निर्देशक हरि पाण्डेयले जानकारी दिनुभयो ।

यस्तो प्रतियोगिता फोटोग्राफीको क्षमता विकास गर्दै अन्तराष्ट्रिय रुपमा नेपाली फोटोग्राफरको पहिचान रहेने छ आशा समेत लिएको पाण्डेल बताए साथै अमेरिका र भारतका बरिष्ठ फोटोग्राफरको निर्णायक मण्डलमा उक्त प्रतियोेगिता हुने पाण्डेले जानकारी दिनु भयो ।

दाङ जिल्ला तथा नेपाल भरिका फोटोग्राफरहरुले उक्त प्रतियोगितामा भाग लिन दाङका संयोजक दुर्गाले अनुरोध समेत गर्नु भएको छ ।

Facebook Comments