• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अधिनायकवादविरुद्ध सयुक्त आन्दोलनको खाँचोः केसी




राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले ओली सरकारको असम्बैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र राष्ट्रघाति कदमका विरुद्ध सयुक्त आन्दोलन उठाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा ओली सरकारको असम्बैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी तथा राष्ट्रघाति कदम र सयुक्त आन्दोलनको आवश्यकता विषयक भर्चुअल अन्तर्कृयामा उहाँले सो धारणा राख्नुभएको हो ।

नेपाली जनताले लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरु ओलीले खोस्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले ओली सत्ता र स्वार्थको लागि जस्तोसुकै जनघाति र राष्ट्रघाति कदम चाल्न पनि पछाडि पर्दैनन् भन्ने अब प्रस्ट भैसकेको बताउनुभयो ।

‘त्यसैले जनतालाइ संगठित गर्दै सयुक्त आन्दोलनबाट उनलाइ ह्टाउनुपर्छ र उपलब्धिहरुको रक्षा गर्नुपर्छ’– केसीले भन्नुभयो । उहाँले इतिहासको सम्झना गर्दै नेपालमा राणा, राजा , पन्च सबै सयुक्त आन्दोलन र जनताको तागतले हटेको बताउनुभयो । ओलीको अधिनायकवाद पनि हट्छ भन्नेमा आफूहरु स्पष्ट रहेको उहाँले बताउनुभयो ।

सरकारमा अहिले साम्प्रदायिकतावादीहरुको प्रवेश भएको औल्याउँदै उहाँले जसको नेपाली नागरिकता नै छैन उनैले सरकार चलाउनु बिडम्बना भएको बताउनुभयो । ‘यसैले पनि बुझाउछ देशको अबस्था कस्तो छ भन्ने कुरा’– केसीले भन्नुभयो– ‘रोगले जनता अक्सिजन पाइराखेका छैनन् । नागरिक सडकमा आउने अबस्था छैन । तर ओलि यहि मौका पकडेर राष्ट्रघात गरिरहेका छ्न । हामीले नेपालको विशिष्ट अबस्थालाई हेरेर बारम्बार नागरिकताको प्रावधान खुकुलो बनाउन हुदैन भन्यो तर त्यो कुरामा अरु कसैले ध्यान गएन । अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइन सहित अगाडी बढाउदैछ्न । यो कुरा सबैले बुझ्नु पर्छ र सयुक्त आन्दोलन अगाडी बढाउनु पर्छ ।’

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मसाल का जिल्ला प्रबक्ता भरत भण्डारी , नेकपा एमालेका जिल्ला अध्यक्ष टिकाराम खडका, नेकपा माओवादी केन्द्र्का जिल्ला सचीव तुलसीराम पुन, जनता समाजबादीका जिल्ला अध्यक्ष होमप्रसाद शर्मा, अखिल नेपाल कानुन व्यावसायी संघका उपाध्यक्ष नुमानन्द आचार्य लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला सदस्य सुशील पोख्रेलले गर्नुभएको थियोे ।

Facebook Comments