• २२ भाद्र २०८३, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कोरोना उपचार सहज बनाउन अमेरिकामा बस्ने युवाहरुको साढे तीन लाख सहयोग




सल्यानको लेकपोखरामा कोरोना संक्रमितको उपचारलाइ सहज बनाउन अमेरिकामा बस्ने युवाहरुले सहयोग गरेका छन् ।

लेकपोखरा तथा अन्य स्थानमा घर भएका एघार जना युवाहरुले तीन लाख ५१ हजार सात सय १५ रुपैयाँ सहयोग पठाएका छन् । जसअनुसार हिमराज केसीले ५८ हजार तीन सय ४७, दीपक केसीले ५८ हजार तीन सय ४७, नन्दराम ओलीले ५८ हजार तीन सय ४७, वीरबल बुढाथोकीले ३४ हजार नौ सय ३९, भीमार्जुन भण्डारीले ३४ हजार नौ सय ३९, दिनेश केसीले २८ हजार पाँच सय ३३, कमला भण्डारीले २३ हजार आठ सय ७५, दहखोलाका कृष्ण खड्काले २३ हजार आठ सय ७५, दाङ श्रीगाउँका भिजन ओलीले १४ हजार तीन सय २५, तारा ओलीले ११ हजार छ सय ४६ र डिल्ली केसीले छ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

यो रकमबाट गाउँको अस्पताललाई राम्रो बनाएर लेकपोखराबासीलाई कोरोना संक्रमणको बेला सहज होस् भनेर यस्तो अभियान चलाइएको अभियन्ता दीपक केसीले जानकारी दिनुभयो ।

Facebook Comments