• २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कोरोनाबिरुद्धको अभियान घोषणा गर्ने माओवादी केन्द्रको तयारी




नेकपा माओवादी केन्द्रले कोरोना संक्रमण रोक्न सहयोग पुग्ने गरी पार्टीको तर्फबाट अभियान घोषणा गर्ने तयारी गरेको छ ।

जेठ ६ गते बस्ने स्थायी समिति बैठकबाट कार्यक्रम घोषणा गर्ने तयारी गरिएको हो । त्यसका लागि अध्यक्ष प्रचण्डले आज केन्द्रीय कार्यालय पेरिसडॉडामा विज्ञहरुसँग छलफल गर्नुभएको छ ।

‘आज अध्यक्ष कमरेड प्रचण्डले हाल माहामारीका रुपमा फैलिईरहेको कोभिड १९ का बारेमा विज्ञ एवं चिकित्सकहरुसँगै छलफल, परामर्श गर्नुभएको छ’– प्रचण्डका सचिवालय स्रोतले भन्यो– ‘उक्त छलफलका क्रममा आएका सल्लाह एवं सुझावसहित पार्टीले भोलि बिहीवार बस्ने स्थायी समितिको वैठकबाट विभिन्न योजनाहरु र कार्यक्रमहरु निर्णय गरि घोषणा गर्ने कार्यक्रम रहेको छ।’

Facebook Comments