• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अक्सिजनको अवस्था दैनिक सार्वजनिक गर्न तीन दलको माग




दाङमा क्रियाशील तीन राजनीतिक दलले अक्सिजनको अवस्था दैनिक सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

दाङमा अक्सिजन आइरहेको बताइए पनि कोरोना अस्पतालमा अभाव हुन नछाडेपछि अक्सिजनको अवस्थाबारे जनताले जान्न पाउनुपर्ने भन्दै यस्तो माग गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राजमोका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसँग भेट गरी अक्सिजनको अवस्था दैनिक सार्वजनिक गर्न माग गरेका हुन् ।

‘अक्सिजन आइरहेको भनिन्छ तर कोरोना अस्पतालमा अभाव नै देखिएको छ’– प्रजिअसँग भेटपछि नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतमले भन्नुभयो– ‘हरेक दिन साँझ ६ बजे जिल्लामा कति अक्सिजन आयो, कति बाँकी छ र कति अपुग भनेर भनेर विवरण सार्वजनिक गर्न माग गरेका छौं ।’ अक्सिजन आएर पनि जिम्मेवार निकायबाटै गडबड हुने गरेको होइन भन्ने आशंका बढेकाले यस्तो आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीले यसले अक्सिजन आपूर्तिमा सहजता ल्याउने भन्दै सकारात्मक प्रतिक्रिया दिनुभएको थियो ।

यो बिषयमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउन नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज जीवन गौतम र तुलसीराम पुन ‘सुवास’, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी र राजमो दाङका अध्यक्ष गणेश आचार्य डेलिगेशन जानुभएको थियो ।

Facebook Comments