• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यसवर्ष आलु उत्पादनमा वृद्धि हुने





दीपकसंगम थापा

यसवर्ष रुकुम पश्चिममा आलु खेती फस्टाएको छ । आलुखेतिका लागि चाहिने पानी समयमै परेकोले उत्पादनमा समेत वृद्धि हुने भएको छ ।

गतसाल आलुमा लागेको डढुवा रोग र खडेरिले राम्रो उत्पादन हुन नसकेको आलुखेती यसवर्ष भने कुनै समस्या नआएको कृषकहरुको भनाइ रहेको छ । जिल्लाका सोलाबाङ, बाफिकोट, आठबिसकोट, चौरजहारी, खोलागाउ लगायतका स्थानका कृषकहरुको आलु खेतीमा सुधार देखिएको छ ।

फागुन महिनामा लगाएको आलु बैशाखमा पानी परेपछि आलुका लागि राम्रो चिस्यान र मल पुगेको हो । जिल्लाको करिब १६७ हेक्टर जमिनमा लगाइएको आलुले जिल्लाको मागको करिब ७५ प्रतिशत ओगटेको छ ।

आलुखेती राम्रो हुने देखिएपछी रुकुम पश्चिमका कृषकहरु खुसी भएका छ्न ।

Facebook Comments