• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संकटमा नमूना कामः कोरोना विरामीका लागि निशुल्क एम्बुलेन्स




विष्णुदेवी फाउण्डेशन र ग्लोवल ह्युमनटेरियन एण्डले संयूक्त रुपमा दाङमा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । आर्थिक अवस्था कमजोर भएका र गम्भीर प्रकृतिका कोरोना विरामीलाई प्राथामिकता दिइनेछ।

नेपालमा कोभिड दोस्रो चरणमा प्रबेश गरेको छ । दैनिक करिब ८ हजार संक्रमित र ६० जना बढीले ज्यान गुमाउदै आएका छन् । अस्पतालमा बेड नपाएर घरमा आइसोलेशनमा बसेका नागरिकहरुको गम्भीर स्वास्थ्य अवस्था आएमा समयमै अस्पताल सम्म पुग्न सहयोग पुग्नेछ ।

एम्बुलेन्सको अभावमा घरमै ज्यान गुमाउन नपरोस भन्ने मुख्य उद्देश्यले कोभिड महामारीमा निशुल्क एम्बुलेन्स उपलब्ध गराइएको फाउण्डेशनका संस्थापक अध्यक्ष कमल सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी कोरोना संक्रमित भएर विरामी परेका पत्रकारलाई दाङ जिल्ला भित्रका अस्पतालसम्म पठाउन विष्णुदेवी फाउण्डेशन र ग्लोवल ह्युमनटेरियन एडले पत्रकार महासंघ दाङ शाखालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । यसका लागि फाउण्डेशनका संस्थापक अध्यक्ष कमल सुवेदी र पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी बीच सम्झौता भएको छ ।

आवश्यक सहयोगका लागि कमल सुबेदीको मोबाइल ९८५११३४२९६ मा सम्पर्क गर्न सकिनेछ ।

Facebook Comments