• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विवाह खर्च कटाएर अक्सिजन खरिद गर्न ५१ हजार सहयोग




कोरोनाको महामारिमा बिवाह गरेको नब बिबाहित घोराहीको एक जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ ।

नब बिबाहित जोडि घोराही १८ नवलपुर निबासी अबिनाश राना र सिर्जना राना कवरले आफ्नो बिवाह खर्च कटाइ कोरोनाको महामारिको बेला अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि ५१ हजार रुपैया आर्थिक सहयोग गर्नु भएको हो । बिवाह खर्च कटाइ सानो रकम अक्सिजन खरिदका लागि पैसा सहयोग गर्न पाउदा आफुहरु अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक शन्देश प्रबाहसहित सामाजीक उत्तरदायीत्व बहन गर्दै सो रकम सहयोग गरेको उनिहरुको भनाइ छ ।

राना र कवर बिच कोरोनाको महामारिमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ बिवाह भएको थियो । नब बिबाहित जोडिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारि, अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत, कामु रजिस्ट्रार झङ्कार लामीछानेलाई ५१ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो ।

उपकुलपती भण्डारिले कोरोनाको महामारीमा आफ्नो बिवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाइ सहयोग गरेकोमा धन्यवाद दिदै बैबाहिक बन्धनमा बाधीएकोमा सफल दाम्पत्य जिबनको बधाइ तथा शुभकामना दिनु भयो ।

सो अवसरमा दाङ उबासंघका पुर्ब जिल्ला अध्यक्ष नारायण भुसाल, पुर्ब अध्यक्ष हेमराज बन्जाडे, संघका बाणिज्य उपाध्यक्ष रामप्रशाद पोख्रेल,नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष सबिन प्रियासनसहितको उपस्थिती रहेको थियो । आर्थीक सहयोग गर्ने नब बिबाहित जोडि दाङ निर्माण ब्यबसायी संघका कार्य समिती सदस्य राना नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेश अध्यक्ष बलिभद्र राना र अनिता रानाको छोरा र बुहारी हुन ।

Facebook Comments