• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठान र प्रादेशिक अस्पताललाई कोभिड बिशेष बनाउन पाँच दलको माग




दाङका राजनीतिक दलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई पूर्ण कोभिड अस्पताल बनाउन माग गरेका छन् ।

राजनीतिक दलहरुको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम, नेपाली काँग्रेस दाङका सचिब शंकर डाँगी, नेकपा एमाले दाङका उपसचिब शुरामणी बेलवासे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सदस्य प्रकाश विष्टसहितको बैठकले प्रतिष्ठानमा गएको बर्ष नै आईसियु सञ्चालनकालागि उद्घाटन गरेको भएपनि अझै सञ्चालनमा आउन नसकेको भन्दै त्यसलाई सञ्चालन गर्न र आईसियु बेड थप गर्न पनि माग गरेको छ ।

जिल्लामा कोरोनाको महामारी तिब्र रुपमा बढेको भन्दै सवै पालिकाले आईसियु बेड व्यबस्थापन गर्न, पीसीआर परीक्षणकालागि स्वाब संकलन गर्ने व्यबस्था मिलाउन, निःशुल्क पीसीआर टेष्टको व्यबस्थापन गर्न, जिल्लाका अस्पतालमा अक्सिजनको सहज आपूर्तिको व्यबस्था मिलाउन,सर्वसाधारणलाई कोरोनाको उपचार सहज बनाउन बैठकले अनुरोध गरेको छ ।

साथै बैठकले कोरोना महामारीमा खट्ने सबैमा धन्यवाद दिनुकासाथै कार्यकर्तालाई पनि जनताको राहत र सेवामा खट्न अपिल गरेको छ ।

Facebook Comments