• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोरोना प्रभावितको घरघरमा पुग्न नगर प्रमुखकै नेतृत्वमा टोली




डिल्लीबहादुर खत्री/चौरजहारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नगर प्रमुखको नेतृत्वमा आपतकालीन टिम बनेको छ ।

बिरामी प्रभावित गाउँ गाउँमा पुग्नको लागि आपतकालीन टिम बनेको हो । नगर प्रमुख बिशाल शर्मा , स्वास्थ्य शाखा सह संयोजक डन्ड शर्मा , अहेव तबिन्द्र राना , हेल्थ असिस्टेन्ट तिलकबहादुर कुमाल , जनस्वास्थ्य निरीक्षक हिमालय राना र रामबहादुर सुनार रहने गरि आपतकालीन टिम बनेको हो । आपतकालीन टिम कुनै गाउँमा स्वास्थ सम्बन्धि कुनै समस्या देखिने बित्तिकै उक्त गाउँमा पुग्ने बताइएको छ ।

स्वास्थ्य शाखा सह संयोजक डन्ड शर्माका अनुसार उक्त टिमले गाउँमा पुगेर बिरामीको स्वास्थ्य अवस्था बुझ्ने र स्वास्थ्य सम्बन्धि जानकारी दिनेछ । उहाँका अनुसार बिरामीको अवस्था बुझेर कोहि कोरोना शंकास्पद देखिए तत्काल परिक्षण गर्ने र अस्पतालको सम्पर्कमा ल्याइनेछ ।

पल्सअक्सिमिटरले सम्बन्धित ठाउमा नै बिरामीको अवस्था चेकजाँच गर्छौ र केहि मात्रामा औषधि दिन्छौं उहाँले भन्नुभयो त्यसपछि आवश्यक पर्ने बिरामीलाई अस्पताल पुर्‍याउछौ जसको लागि हाम्रा एम्बुलेन्सहरु तयारी अवस्थामा रहेका छन । अहिले नगरपालिकामा सहिद स्मृति नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी , चौरजहारी अस्पताल कोरोना बिरामीको उपचार गर्न तयारी अवस्थामा रहेका छन । नगरपालिकामा बैशाख यता ८८ जनामा कोरोना पुष्टि भएको छ भने २७ जना डिस्चार्ज भैसकेका छन ।

५ जनाले उपचार बनाइरहेका छन । ८८ जना कोरोना संक्रमण मध्ये १० नगरपालिका बाहिरका हुन ।

Facebook Comments