• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संकटमा नेता भाग्ने होइन जनताको बीचमा जानुपर्छः शर्मा




नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमनत्री जनार्दन शर्मा ‘प्रभाकर’ले हरेक संकट युद्ध भएको बताउँदै युद्ध जित्न नेताहरु नै जनताको बीचमा जानुपर्ने बताउनुभएको छ ।

गृह जिल्ला रुकुमका सबै स्थानीय तहमा पुगेर कोरोना संकट ब्यवस्थापनको नेतृत्व लिइरहनुभएका शर्माले संकटको बेलामा भाग्ने नेता हुन नसक्ने बताउनुभयो । जनयुद्धका पूर्वकमाण्डरसमेत रहेका शर्मा अहिले आफ्ना मतदाताको सुरक्षाका लागि जनताको बीचमा पुग्नुभएको छ ।

नेता शर्माले यो महामारीलाई सहजलाई स्वीकार गर्दै सामना गर्नुपर्ने बताउनुभयो । ‘महामारी आइसक्यो । आइसकेपछि रोएर, कराएर, चिच्चयाएर यो भाग्नेवाला छैन । यसैले रोकथाम गरेर यसलाई जित्ने कुरा हो । यो एउटा युद्ध हो । युद्ध भएकाले कहाँ कसरी आक्रमण हुन्छ भन्ने थाहा हुँदैन । तर युद्धमा जित हात पार्ने, जित्ने प्रयास अनेक तरहबाट गर्नुपर्छ ।’

उहाँले हामी जहाँ छौं, त्यहीबाट जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो । ‘हामीसँगको स्रोत साधन, र जनशक्तिको एकीकृत परिचालनबाट सफलता मिल्छ । सबै तह, तप्का, निकायहरु अलि फरवार्ड बनौं । सूचना, सञ्चार, रिर्पोटिङ र समन्वयमा ल्याप्सेस नगरम । यसले पनि समस्या बनाइरहेको छ । सूचना चाहियो, रिर्पोटिङ चाहियो र समन्वय पनि सहि ढंगले हुनुपर्छ । त्यसले मात्रै पहल कदमी लिन मद्दत गर्छ । यो महामारी ठूलो युद्ध हो । ठूलो युद्धमा सबै लड्नुपर्छ । एउटाले मात्रै यो जित्न सकिदैन । यस लडाइका कमाण्डर डाक्टर र स्वास्थ्यकर्मीहरु हुन् बाँकी सबै हामी सेना हौं । हामी विना वर्दिका सेनाका रुपमा लडौं’– उहाँले भन्नुभयो ।

Facebook Comments