• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीले थप ५० सिलिण्डर अक्सिजन किन्ने, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता




घोराही उपमहानगरपालिकाले तत्काल थप ५० वटा अक्सिजन सिलिण्डर खरिद गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित विरामीको संख्या बढ्दै जाँदा अक्सिजनको समेत माग बढेकाले तत्काल थप ५० वटा सिलिण्डर अक्सिजन खरिद गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले दुई दिन पहिले ५० वटा सिलिण्डर खरिद गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो । बैठकले अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापनका लागि सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालको संयोजकत्वमा वडा नम्बर १४ अध्यक्ष शक्तिराम डाँगी र वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डे सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।

घोराही उपमहानगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सँग सम्झौता गरेको छ । जस अनुसार १० लाख रुपैयाँ र ५० वटा अक्सिजनका सिलिण्डर हस्तान्तरण गरि सकिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

यसैविच बैठकले होमआइसोलेशनमा बसेका कोरोना संक्रमितहरुको अबस्था बुझ्न र मनोसामाजिक परामर्शको कामलाई यथाशिघ्र सञ्चालन गर्न र प्रभावकारी बनाउन जिम्मेवारी पाएका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ ।

यसरी खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ताको व्यवस्था गर्ने र त्यसको निगरानी तथा मूल्यांकन वडा कार्यालयले गर्ने निर्णय भएको छ । उक्त निगरानी र मूल्यांकनको आधारमा स्वास्थ्यकर्मीले प्राप्त गर्ने जोखिम भक्ता भुक्तानी भने वडाको सिफारीसमा गर्ने निर्णय बैठकले गरेको उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिनुभएको छ ।

Facebook Comments